२०८१ भाद्र २८ गते शुक्रवार

वलीको निधनले पश्चिम दाङले विकाश प्रेमी नेता गुमायो – मुख्य मन्त्री पोखरेल

फाइल तस्विर

दाङ, फागुन २१ । ५ नं. प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले उत्तरकुमार वलीले अगाडि सारेका र गर्न बाँकी विकासे योजना प्रदेश सरकारले पुरा गर्ने वताएका छन् ।

स्वर्गीय प्रदेशसभा सदस्य वलीको १३औं दिनको पुन्य तिथिमा पुर्खेउली घर दंगिशरण गाउँपालिका श्रीगाउँ लेटरामा आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै मुख्य मन्त्री पोखरेलले वलीलाई एक विकाश प्रेमी नेताको रुपमा चित्रण गरेका थिए । पश्चिम दाङको विकासमा स्वर्गिय वलीले संधै चिन्ता गर्ने गरेको मुख्य मन्त्रीले बताए । पश्चिम दाङको पुरन्धारा झरना, बाटो , सिंचाईका लागि पोखरी निर्माणमा वलीले सधैं आफुलाई घचघच्याउने गरेको पोखरेलले स्मरण गरे ।

उनले वलीले नै पश्चिम दाङमा कमजोर पार्टीलाई बलियो बनाएको उल्लेख गरे । वलीकै कारण प्रतिनिधिसभाको निर्वाचन समेत जित्न सकेको बताए । ‘कमिटी नभएको ठाउँमा कमिटी निर्माण गरेर जनपरिचालन गरेर निर्वाचन जित्नु चानचुने कुरा थिएन,’ मुख्य मन्त्रीले भने ‘उहाँ असाधारण क्षमता भएको व्यक्ति हुनुहुन्थ्यो।’ राजनीतिमा आउनु भन्दा पहिले वलीले व्यवसाय गरेको स्मरण गरेका उनले त्यसवाट आर्जित रकम समाजमा लगाएको उल्लेख गरे । मुख्य मन्त्री पोखरेलले वलीकी पत्नि विमला वलीलाई माननिय उत्तरकुमार वलीले सपना पुरागर्ने मार्गमा दृढता पूर्वक लाग्न आग्रह गर्दै शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *