दाङ,फागुन २१ । दाङमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तीन जना नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलवार दिउँसो पौने ३ बजेतिर तीन जना नेताालई तुलसीपुर वाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नेकपा दाङका जिल्ला सचिवालय सदस्यद्धय प्रदिप वली र ईश्वरी पाण्डे र तुलसीपुर उपमहानगरपालिकाका सक्रेटरी रुद्र वली रहेको विश्वसनिय स्रोतले जानकारी दिएको छ ।
नेकपाले तुलसीपुरस्थित एक पार्टी प्यालेसमा शहिद परिवारलाई सम्मान गर्न आयोजित कार्यक्रम बाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
‘कार्यक्रम स्थल वाटै हाम्रा तीनजना नेताहरुलाई जवरजस्ती बल प्रयोग गरेर प्रहरीले लगेर गयो,’ एकजना नेताले भने ‘हामी भने भाग्न सफल भयौं।’ प्रहरीले भने यसवारेमा आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।
प्रकाशित मिति : २०७५ फाल्गुन २१ गते मङ्गलवार