२०८२ मङ्सिर १९ गते शुक्रवार

व्यवसायीका समस्या समाधानका लागि गठबन्धनलाइ जिताउनुस् : राजु खनाल


घोराही,कात्तिक १९ । प्रदेश सभा सदस्य पदका उमेद्वार राजु खनालले व्यवसायीहरुको समस्या समाधानका लागी गठबन्धनका उमेद्वारहरुलाई बिजयी बनाउन सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गरेका छन ।

गठबन्धन समर्थक व्यवसायीहरुको शनिवार घोराहीमा भएको भेलामा बोल्दै खनालले व्यवसायीहरुको समस्या समाधानकालागी गठबन्धनका उमेद्वारहरुलाई मतदान गर्न सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गरेका हुन ।

व्यवसाय अहिले कठिन मोडमा भएको उनले बताए । कोरोना महामारीपछि व्यवसाय क्षेत्र विभिन्न समस्यामा रहेको भन्दै खनालले व्यवसाय फस्टानका बैकको ब्याज दिनप्रतिदिन बृद्धि भईरहेकाले व्यवसायीहरु चर्को ब्याजको मारमा परेको उनले बताए ।

उनले राज्य व्यवसायीहरुको समस्याप्रति गम्भीर बन्न आवश्यक भएको बताए । दाङको व्यवसायीक केन्द्र घोराही भएपनि घोराही क्षेत्रका व्यवसायीहरु नै मारमा परेको र राप्तीको व्यवसायीक केन्द्रको रुपमा घोराही बजारलाई विकाश गर्न आवश्यक भएको खनालले बताए ।

देशको विकासका लागी व्यवसायीहरुको महत्वपूर्ण भूमीका रहेको भन्दै व्यवसायीको व्यवसाय पवद्र्धनका लागी कार्यक्रम ल्याउन आवश्यक भएको उनको भनाई थियो ।

आफू पनि व्यवसायी भएकाले व्यवसायीहरुको समस्याबारे आफू नजिकबाट जानकारी भएको उनको भनाई थियो ।

‘अहिले हामी व्यवसायीहरु विभिन्न खालका समस्याहरुमा छौ , कोरोना महामारीपछि व्यवसाय क्षेत्र फस्टाउन सकेको छैन । म आफै पनि व्यवसायी भएकाले पनि व्यवसायीहरुको समस्याका बारेम नजिकबाट जानकार छु’ खनालले भने– ‘ती व्यवसायीको समस्या माधानकलागी गठबन्धनलाई बिजयी बनाउनुहुन म सम्पूर्ण मतदाताहरुमा हार्दिक अनुरोध गर्दछु ।’

खनालले दाङको गहनाको रुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लक्ष्य अनुसारको सेवा सुविधा सञ्चालन गर्न र एमबिविएस, नर्सिङ पढाई सुरु गर्न, दाङको तुलसीपुरमा रहेको बिमानस्थलको स्तरबृद्धि गर्न एवं आवश्यकता अनुसार वैकल्पीक विमानस्थलको खोजी गर्न आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : २०७९ कार्तिक १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *