२०७७ कार्तिक ९ गते आइतवार

रोल्पाबाट विप्लवका दुई कार्यकर्ता पक्राउ


दाङ,फागुन २० । नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आफ्ना दुई जना नेतालाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
पार्टीका जिल्ला कमिटी सदस्य तथा दलित राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य टिकाराम परियार, पार्टीका जिल्ला कमिटी सदस्य तथा दलित राष्ट्रिय मुक्तिमोर्चा रोल्पाका पूर्व अध्यक्ष लालबहादुर सुनारलाई सोमवार बिहान प्रहरीले विनाकारण पक्राउ गरेको जानकारी दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सेक्रेटरी प्रयासले सोमबार एक प्रेस विज्ञप्ती प्रकासित गर्दै उक्त जानकारी दिएका छन् ।
विज्ञप्तिमा प्रहरीले जिल्लाका नेता कार्यकर्तालाई विनाकारण गिरफ्तारी गरेको,घरमा खानतलासी गर्दै परिवारका सदस्यलाई आतंकित पारेको भन्दै त्यसको विरोध गरिएको छ ।

केही दिन अघि पार्टी राप्ती ब्यूरो इन्चार्ज सुवासको भावाङमा रहेको घरमा त्यही सैलीमा खान तलासी गर्दै परिवारका सदस्यलाई आतंकित पारेको हुँदा तत्काल त्यो रोक्न आग्रह गरिएको छ । पक्राउ परेका व्यक्तिहरुलाई विना सर्त रिहाइको माग गर्दै त्यो नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *