२०८२ बैशाख ११ गते बुधवार

मेट्रो कलेजका विद्यार्थीले बेचे ४ लाख रुपैयाँको फुल

तुलसीपुर,कात्तिक १७ । तिहारमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत दाङको तुलसीपुर मेट्रो कलेजका विद्यार्थीले चार लाख रुपैयाँ बराबरको फुल बिक्री गरेका छन् ।

तिहारलाई लक्षित गरेर वन विज्ञान र कृषि विज्ञानमा अध्ययनरत विद्यार्थीले संयुक्तरूपमा फुल खेती गरेका थिए ।

विद्यालयको पाँच कट्ठा जग्गामा गरिएको खेतीबाट विद्यार्थीले चार लाख रुपैयाँ आम्दानी गरेका कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।

कलेज प्रमुख आचार्यले फूलबाट आशा गरेअनुसार आम्दानी भएको बताउँदै थप दुई लाख रुपैयाँको फुल बिक्रीका लागि तयारी भएको बताए ।

‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत मखमली र सयपत्री फूलको खेती गरेका विद्यार्थीले किलोको छ सय र प्रतिमाला दुई सय ५० रुपैयाँसम्ममा बिक्री गरेका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *