२०८१ साउन ९ गते बुधवार

दमारगाउँमा तुलसीपुर नगरस्तरीय फुटबल सुरु


लक्ष्मण बस्नेत,तुलसीपुर,कात्तिक १५ । दमारगाउँमा नगरस्तरीय पुरुष फुटबल प्रतियोगिता २०७९ सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा न.३ को आयोजनामा संचालित प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी वडा न ३ का अध्यक्ष वीरबहादुर बिकले उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी बिकले स्वास्थ्य र अनुशासनको मुख्य मेरुदण्ड सिङ्गो खेलकुद क्षेत्र भएको बताए म

खेलकुद क्षेत्र मानवजिवनको अभिन्न अंग हो, बिकले भमे,यसको उच्च आदर्श लाई बचाई राख्न वडाले वार्षिक क्यालेन्डरमै कार्तिक १५ लाई खेलकुद महोत्सवका रुपमा मनाउने निर्णयका साथ अगाडि बढेको छ ।

उनले अब वडाले आगामी वर्ष देखि कार्तिक १५ लाई खेलकुद महोत्सवकै रुपमा मनाउने महोत्सवमा सहभागी हुने वडाले त्यसको अग्रिम तयारी थाल्न पनि आग्रह गरे ।

उद्घाटन समारोह प्रतियोगिता संचालन समितिका संयोजक राजेन्द्र गुरुङको अध्यक्षता तथा वडा अध्यक्ष वीर बहादुर बिकको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य टेक बहादुर बिक, लुम्बिनी प्रदेश फुटबल संघका मानार्थ उपाध्यक्ष प्रेम प्रकाश मल्ल, दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष सुशील श्रेष्ठको बिशिष्ठ आतिथ्य भएको थियो ।

आयोजक वडा न ३ का कार्यालय सचिब तुलाराम केसिको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

यसैबिच प्रतियोगिता अन्तरगत आज मंगलवार भएको खेलमा वडा न १५ ले बिजयी यात्रा सुरु गरेको छ ।

वडा न १० लाई सुन्यका विरुद्ध एक गोलले पराजित गर्दै वडा न १५ ले बिजयी सुरुवात गरेको हो । खेलको दोश्रो हाफ्को ३१ औ मिनेटमा जर्सी न १२ का रेशम चौधरीले गरेको गोल नै निर्णायक गोल सावित भयो ।

प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा,खुम बहादुर वलि र बिनोद बिक रहेका छन ।

प्रतियोगिता अन्तरगत बुधवार बिहान सात बजे हुने पहिलो खेलमा वडा न ७ र वडा न १४ भिड्नेछ । त्यस्तै दोस्रो खेलमा वडा न १२ र ४ भिड्ने प्रतियोगिताका संयोजक राजेन्द्र गुरुङले जानकारी दिए ।

एक साता सम्म चल्ने प्रतियोगितामा नगर क्षेत्रका १२ टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *