२०८१ असार ३० गते शनिवार

गठबन्धनको प्रचारमा महिलाको उत्साहजनक सहभागिता

घोराही,कात्तिक १४ । दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा चुनावी रौनक बढेको छ ।

पूर्वमन्त्री रेखा शर्मा र लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलबीचको चुनावी प्रतिस्पर्धाले यो निर्वाचन क्षेत्रको चर्चा देशव्यापी हुने गरेको छ ।

कुनै पनि निर्वाचनमा चुनाव जित्नका लागि प्रचारप्रसारमा महिलाहरुको सहभागिता कत्तिको छ भन्ने कुराले पनि अर्थ राख्दछ ।

महिलाहरु प्रचारप्रसारमा महिला सहभागि हुँदा त्यसको प्रभावकारीकता निकै राम्रो हुने गरेको छ ।

अहिले यो निर्वाचन क्षेत्रमा गठबन्धनको प्रचारप्रसारमा महिलाहरुको सहभागिता उत्साहजनक देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्बद्ध महिला नेता तथा कार्यकर्ताहरु व्यापकरुपमा खटिरहेका छन् ।

‘अहिले कार्यक्रमहरुमा महिलाहरुको सहभागिता निकै बढिरहेको छ,’ माओवादी केन्द्र निकट अनेमसंघ (क्रान्तिकारी) का जिल्ला सचिव प्रेमा गैरेले भनिन्, ‘गाउँगाउँमा गृहणी महिलाहरु पनि हाम्रा भेटघाटहरुमा सक्रियरुपमा सहभागि भइरहनुभएको छ ।’

राष्ट्रियसभा सदस्य समेत रहृकी महिला संघकी केन्द्रीय नेता अनिता देवकोटाले यो निर्वाचनमा रेखा शर्मा सहित गठबन्धनका सबै उम्मेदवारले विजय हासिल गर्ने बताउँछिन ।

‘महिला, दलित, जनजाति तथा पछाडी पारिएका समुदायका व्यक्तिहरुले संसद्मा आफ्नो भावनाको प्रतिनिधित्व होस् भन्ने चाहेका छन्,’ उनले भनिन्, ‘यो व्यवस्थाका लागि निकै संघर्ष गर्नुभएकी महिला नेतृ रेखा शर्मामा प्रति सबैको साथ र समर्थन रहने छ भन्ने हामीले विश्वास लिएका छौं ।’

गठबन्धन अन्तर्गत प्रदेशसभामा उम्मेदवार बन्नुभएका दाङ २ (१) का उम्मेदवार राजु खनाल र २ (२) का उम्मेदवार प्रचण्डविक्रम न्यौपाने ‘गुन्टु’ को एमालेका उम्मेदवार भन्दा निकै अघि भएको बताए ।

घोराही उपमहानगरपालिका वडा नं. ७ निवासी लवरु चौधरी रेखा शर्मा शंकर पोख्रेल भन्दा निकै सक्षम र इमान्दार नेता भएको बताए ।

‘रेखा शर्मा मन्त्रि र सांसद् हुँदा दाङको विकासका लागि निकै काम गर्नुभएको छ,’ उनले भने ‘रेखा शर्मा हल्ला कम र काम बढी गर्ने स्वभावको नेता हुनुहुन्छ ।’

घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी सिउरनी चौधरीले यस पटक यहाँका मतदाताले महिलालाई अवसर दिने धारणा व्यक्त गरे ।

रेखा शर्माहरुकै संघर्षको योगदान स्वरुप नेपालमा महिला अधिकार सुनिश्चित भएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *