तुलसीपुर, कात्तिक ११ । शान्तिनगरका श्रीमानको रड प्रहारबाट श्रीमति गम्भीर घाइते भएकी छन् ।
जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. २ अमुवाका ४४ बर्षीय रेशम बुढाथोकीको रड प्रहारबाट ३५ बर्षीया श्रीमति नन्दादेबी बुढाथोकी गम्भीर घाइते भएकी छन् ।
शुक्रबार बिहान ७ बजेतिर मदिराले मातेका श्रीमानले श्रीमतिमाथि रड प्रहार गर्दा टाउको, अनुहार र शरिरका बिभिन्न भागमा गहिरो चोट पटक लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घाइते नन्दादेबीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको प्रहरीले बताएको छ ।
श्रीमतिमाथि रड प्रहार गर्ने श्रीकान रेशम फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक ११ गते शुक्रवार
