दाङ, कात्तिक ९ । रोल्पामा भिरबाट लडेर एक जना युवाको मृत्यु भएको छ ।
जिल्लाको गंगादेव गाउँपालिका वडा नं. ७ आराखोलाका २२ बर्षीय अमर बिकको मंगलबार बेलुका साढे ६ बजेतिर स्थानीय भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले मुचुल्का बनाइ शब उठाउनका लागि बुधबार बिहान प्रहरी निरीक्षकको टोली घटनास्थल तर्फ पठाइएको जानकारी दिए ।
घटनास्थल पुग्न झन्डै तीनदेखि चार घन्टा पैदल हिड्नु पर्ने अवस्था रहेको हुँदा बुधबार दिउँसोसम्म मात्रै प्रहरी निरीक्षकको टोली पुगेपछि मुचुल्का बनाउने र शब उठाएर ल्याउने प्रक्रिया सुरु हुने घिमिरेले बताए ।
प्रकाशित मिति : २०७९ कार्तिक ९ गते बुधवार
