२०८२ मङ्सिर २४ गते बुधवार

सरकारी जग्गामा अनाधिकृत रुपमा बनेका संरचना हटाउन तुलसीपुर उपमहानगरको निर्देशन


तुलसीपुर, कात्तिक ६ । तुलसीपुर उपमहानगरपालिकाले सरकारी जग्गामा अनाधिकृतरुपमा बनेका संरचना हटाउन निर्देशन दिएको छ ।

उपमहानगरपालिकाको नाममा रहेको वडा नम्बर ५ को ख को ५४४, ५४६, ५४७ र ४९९३ किता नम्बर र वडा नम्बर ५ कोे घ मा मा रहेको ८१२ किता नम्बरको जग्गामा बनेका संरचना हटाउन सुचना जारी गरिएको हो ।

नगरको जग्गामा अनाधिकृतरुपमा बनेका संरचना ३५ दिनभित्र हटाउन नगरले सुचना जारी गरेको हो ।

नगरकार्यपालिकाको गत भदौ २५ भएको तेस्रो नगरकार्यपालिका बैठकको निर्णय अनुसार नगरले कार्तिक ३ गते सोमबार ३५ दिने सुचना जारी गरेको हो ।

उपमहानगर कार्यालय र बसपार्क आसपासमा उपमहानगरको दर्ता श्रेष्ता जग्गामा अनाधिकृत रुपमा बनेका संरचना हटाउन नगरले सुचना जारी गरेको तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ कार्तिक ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *