२०८२ मङ्सिर २४ गते बुधवार

तुलसीपुर साँस्कृतिक कार्यक्रममा आज चर्चित गायिका ज्योती मगर आउने


तुलसीपुर, कात्तिक ६ । दाङको तुलसीपुरमा जारी प्रथम लोक नृत्य तथा लोक दोहोरी एवं साँस्कृतिक कार्यक्रममा आज चर्चित गायिका ज्योती मगर आउने आयोजकले जनाएको छ ।

कार्यक्रममा लोक नृत्य प्रतियोगिताको साथै दैनिकजसो राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती राखिरहेका छन् ।

लोक नृत्य प्रतियोगितामा आज ९ जनाबिच प्रतिष्पर्धा हुने भएको छ ।

प्रतियोगितामा निशिका भण्डारी, पुजा सिंह, जीविका रेउले, समीता बुढामगर, जीवा बुढाथोकी, सन्ध्या राना, सन्जु क्षेत्री, मनिषा वली, सावित्रा विश्वकर्माले प्रतिष्पर्धा गर्ने आयोजक मितेरी युवा क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक अजय बुढाथोकीले जानकारी दिए ।

कार्यक्रममा भोलि पनि लोक नृत्य प्रतियोगिता जारी रहने उनले बताए । प्रतियोगिताबाट आज बाहिरिएकाले भोलि प्रतिष्पर्धा गर्नेछन् ।

असोज २८ गते शुक्रबारदेखि जारी प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती राखिरहेका छन् ।

कार्यक्रममा दिनप्रतिदिन दर्शकको संख्या उल्लेख्यरुपमा बढ्दै गएको छ । स्थानीय कला संस्कृतिका संरक्षण गरी नवप्रतिभाको उजागर गर्ने उद्देश्यका साथ अशोज २८ शुक्रबारदेखि संचालन भएको कार्यक्रम कातिक ११ गतेसम्म संचालन हुनेछ ।

लोक नृत्य प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने उनले बताए। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को पातुखोला पुलको उत्तरतर्फ मेला संचालन भइरहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *