२०८२ मङ्सिर २२ गते सोमवार

तुलसीपुर मेलामा आज चर्चित गायक रामजी खाँड आउने

तुलसीपुर, कात्तिक ३ । तुलसीपुरमा जारी प्रथम तुलसीपुर लोक नृत्य तथा लोक दोहोरी प्रतियोगितामा आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने भएको छ ।

प्रतियोगितामा आज पनि चर्चित लोक गायक रामजी खाँड, गायिका विष्णु शेपाईली, डान्सर गोमा रिजा र विपना परियारको बेजोड प्रस्तुती रहने भएको छ ।

प्रतियोगितासंगै सास्कृतिक कार्यक्रममा दैनिकजसो राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने गरेको आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिए ।

असोज २८ गते शुक्रबारदेखि जारी प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती राखिरहेका छन् ।

मेलामा दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ । मेलामा लोक नृत्य प्रतियोगिताको लागि अडिसन पनि संचालन भइरहेको छ ।

स्थानीय कला संस्कृतिका संरक्षण गरी नवप्रतिभाको उजागर गर्ने उद्देश्यका साथ शुक्रबारदेखि संचालन भएको मेला कातिक ११ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगितामा भाग लिन अब एक दिनमात्र बाँकी रहेको संयोजक बुढाथोकीले बताए । नृत्य प्रतियोगिताका लागि असोज ४ गतेसम्म भाग लिन सकिने उनले बताए ।

प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने उनले बताए।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को पातुखोला पुलको उत्तरतर्फ मेला संचालन भइरहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *