२०८२ मङ्सिर २२ गते सोमवार

रोशनी र शरदले प्रयोग गर्ने मोवाइल कुकुरले जंगलमा भेटायो

संगै गरियो अन्तेष्टि


तुलसीपुर,कात्तिक १ । हत्या गरिएका १५ बर्षीया रोशनी महतरा र १४ बर्षीय शरद आचार्यले प्रयोग गर्ने मोवाईल फोन सेटहरु मंगलबार फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँस्थित सामुदायिक जंगलमा तालिम प्राप्त कुकुरले रोशनी र शरदले प्रयोग गर्ने मोवाइल फरक÷ फरक ठाउँबाट फेला पारेको हो ।

उनीहरुको शब फेला परेकै दिन असोज ३० गते कोहलपुर बाट दाङको तुलसीपुरमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याएर राखिएको छ ।

सोही कुकुरको सहयोगबाट उनीहरुले प्रयोग गर्ने मोवाइल फेला पार्न प्रहरी सफल भएको हो ।
त्यसका साथै प्रहरीले रोशनीको चप्पल पनि भेटाउन सफल भएको छ ।

मोवाईल फोनका सेटहरु फेला परेपछि घटना अनुसन्धान गर्न थप सजिलो हुने आबा गरिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

टिपर चालकसहित केही पक्राउ

उनीहरुको शब फेला परेकै दिन दिउँसो प्रहरीले मकावनपुरको हेटौंडा घर भएका एक जना टिपर चालकलाई नियन्त्रणमा लिएको थियो ।

उनको मोवाइल प्रयोग गरि शरदका हजुरवुवालाई तपाँईको नाति कहाँ छ ? भनेर पटक÷ पटक सोधेको तथ्य खुल्न आएको प्रहरीले बताएको छ ।
ती टिपर चालकको बयानका आधारमा प्रहरीले सल्यानका अर्का एक युवकलाई पक्राउ गरेको छ ।

जस्को माइती गाउँ रोशनी र शरद बस्दै आएको ठाउँ दमारगाउँ हो । प्रहरीका अनुसार उनीहरु दुबै जना यातायात क्षेत्रमै कार्यरत उनीहरु मिल्ने साथी हुन । सल्यानका युवा प्रहरी समक्ष ‘रिजर्भ’ बस्ने गरेको प्रहरी स्रोतले जानकारी दियो ।

शरदका बुवा म्यानपावर ब्यबसायी हुन । शरदकी आमा र उनको छोड पत्र भइ सकेको हुँदा शरद आमा संगै दमारगाउँस्थित मामा घरमा बस्दै आएका थिए । उनको मामा गाउँमै एकै बिद्यालयमा पढ्ने स्थानीय रोशनी संगै हत्या भएको छ ।

रोशनीका बुवा आमा र दाई पनि रोजगारीको सिलशिलामा इण्डिामा थिए । छोरीको हत्याको खबरपछि हाल उनीहरु घर आएका छन् ।

असोज २७ गते राति साढे दश बजेपछि रोशनी र शरद बेपत्ता भएका थिए । २८ गते स्थानीय कौवापुरस्थित प्रहरी चौकीमा गएर शरदकी माउली हजुर आमाले निबेदन दिएकी थिइन । खोजी गर्ने क्रममा शरदका माउली हजुर बुवाले नै उनीहरुको शब एकै ठाउँमा फेला पारेका थिए ।

घटनास्थल रोशनीको घरदेखि करिब ८० मिटरको दुरीमा पर्छ । कौवापुर प्रहरी चौकीदेखि झन्डै पाँच सय मिटरको दुरीमा छ । तुलसीपुर बजारदेखि भने झन्डै १३ किलोमिटर दक्षिणमा रहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *