२०८२ बैशाख ११ गते बुधवार

माध्यमिक तहमा एक पटक मात्रै रजिष्ट्रेसन फारम भरे हुने

काठमाण्डौ,कात्तिक १ । माध्यमिक तहको रजिष्ट्रेसन फारम एक पटक भरेपछि हुने भएको छ ।

माध्यमिक तहको लागि फाराम ९ कक्षामा भरेपछि हुनेगरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक तहमा छुट्टाछुट्टै भर्न नपर्ने कक्षा ९ मा भरेको रजिष्ट्रेसन नम्बरले कक्षा १२ सम्म लागू हुनेगरी प्राविधिक अध्ययन भइरहेको बताए ।

उनले भने, ‘कक्षा ९–१२ लाई माध्यामिक तह मानिए पनि फारम भने पटक–पटक भर्नुपर्ने छ । अब यो वर्ष कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुदेखि लागू हुनेगरी कक्षा ९ मा फारम भरे त्यही रजिष्ट्रेसन नम्बर हुने गरी होमवर्क गरिरहेका छौं ।’

यसभन्दा अघि कक्षा ९ र कक्षा ११ मा दोहोरो रजिष्ट्रेसन फारम भर्नुपर्ने भएकाले बोर्डले गत साता कार्यतालिका सार्वजनिक गर्दै कक्षा ११ का विद्यार्थीले कात्तिक मसान्तसम्म रजिष्ट्रेसन फारम भर्ने समयावधि तोकेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *