२०८१ बैशाख ६ गते बिहिवार

तुलसीपुर मेलामा आज चर्चित गायिका एलिना चौहान आउने


तुलसीपुर, कार्तिक १।तुलसीपुरमा जारी प्रथम तुलसीपुर लोक नृत्य तथा लोक दोहोरी एवं साँस्कृतिक कार्यक्रममा आज चर्चित गायिका एलिना चौहानको प्रस्तुती रहने भएको छ ।

शुक्रबारदेखि जारी कार्यक्रममा मंगलबार आज गायिक चौहानसहित चर्चित गायक कृश क्षेत्री, लोक गायिका अनु राना मगर, गोमा रिजाल, विपना परियार लगायत स्थानीय कलाकारको पनि पस्तुती रहने भएको छ ।

असोज २८ गतेदेखि जारी मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती राखिरहेका छन् । बुधबार भोलि पनि चर्चित गायिक प्रिती आले आउने मेला आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिए। मेलामा दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ भने लोक नृत्य तथा दोहोरीको अडिसन पनि चलिरहेको छ ।

स्थानीय कला संस्कृतिका संरक्षण गरी नवप्रतिभाको उजागर गर्ने उद्देश्यका साथ शुक्रबारदेखि संचालन भएको कार्यक्रम कातिक ११ गते सम्म संचालन हुनेछ ।

कार्यक्रममा लोक दोहोरी र नृत्य प्रतियोगिताका साथै अन्य विविध साँस्कृतिक कार्यक्रम संचालन भइरहेको छ ।

‘स्वास्थ्य शिक्षा, सुचना हाम्रो अभियान, कला, संस्कृती र भेषभुषा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ संचालन भएको मेलामा एकल, युगल र सामुहिक नृत्य र दोहोरी प्रतियोगिता भइरहेको आयोजक मितेरी युवा क्लबका अध्यक्ष तथा संयोजक बुढाथोकीले जानकारी दिए ।

मेलामा आदिवासी, जनजाती समुदायको रहनसहन र भेषुभुषा प्रदर्शनी हुनुका साथ बाल उद्यान पनि रहेको छ ।

नृत्य तथा दोहोरी प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने पुरस्कार समेत प्राप्त गर्ने भएका छन् । नृत्य प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने उनले बताए ।

यस्तै लोक दोहोरी प्रतियोगितामा प्रथम हुनेले ५० हजार , द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष बुढाथोकीले बताए ।

प्रतियोगिताको लागि पहिलो चरणमा असोज २९ गतेदेखि कातिक ३ गतेसम्म अडिसन(छनौट) प्रतियोगिता हुनेछ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को पातुखोला पुलको उत्तरतर्फ मेला संचालन भइरहेको छ । मेलामा करिब २ लाखले अवलोकन गर्ने र २५ लाखको कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

आयोजक क्लबले मेलामा बिक्रि भएको प्रति टिकटको ५ रुपैँया सामाजिक काममा समेत लगाउने भएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *