तुलसीपुर,असोज ३१ । दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर लोक नृत्य तथा लोक दोहोरी एवं साँस्कृतिक कार्यक्रममा आज चर्चित लोक गायिका हरिमाया रायमाझीको प्रस्तुती रहने भएको छ ।
असोज २८ गतेदेखि जारी मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती राखिरहेका छन् ।
आज पनि चर्चित गायिक रायमाझिसहित लोक गायक दिपु मगर, डान्सर बविता बोहोरा लगायत स्थानीय कलाकारले पनि प्रस्तुती रहने मेला आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिए ।
भोलि मंगलबार पनि चर्चित गायिका एलिना चौहान, चर्चित गायक कृश क्षेत्री, लोक गायिका अनु राना मगर, गोमा रिजाल, विपना परियार लगायत स्थानीय कलाकारको पनि पस्तुती रहने भएको छ ।
बुधबार पर्सी पनि चर्चित गायिक प्रिती आले आउने आयोजकले जनाएको छ ।
मेलामा दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ भने लोक नृत्य तथा दोहोरीको अडिसन पनि चलिरहेको छ ।
