२०८१ माघ १३ गते आइतवार

अब गठबन्धनमा इमान्दारिताको खाँचो आवश्यक छ ः मेटमणि चौधरी


शिवु खनाल, देउखुरी, असोज २७ । दाङको निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले गठबन्धनमा अब इमान्दारिताको खाँचो रहेको बताएका छन् ।

बिहीबार गठबन्धनको चुनावी भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले पाँच दलिय गठबन्धनलमा अब इमान्दारिताको खाँचो आवश्यकता रहेको बताएका हुन ।

‘सिटबाँडमा पूर्ण सहमति गरेर हामी मनोनयन दर्ता गराउँदासम्म जसरी सत्साह र इमान्दारिता देखाएका थियौं, अब त्यो इमान्दारिता मतदानको दिनसम्म पनि कायम रहन आवश्यक छ,’ उनले भने ‘ हाम्रो लडाइ प्रतिगमण परास्त गर्नका लागि संविधा रक्षा र शान्ति सुब्यबस्थाका लागि हो ।’

उम्मेदवार चौधरीले यो निर्वाचन आम निर्वाचन भन्दापनि संविधानको रक्षा र कार्यान्वयनको लागि भएको तर्क गरे ।

त्यसैले मतदाता सचेत भएर प्रतिगमनका बिरुद्ध मतदानमा सरिक हुने उनले दाबी गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै दाङ क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार तथा लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा आउने दाबी गरे ।

संविधान रक्षाको लागि इमान्दारिता पूर्वक गठबन्धकै पक्षमा मदतान गर्न उनले मतदातालाई आग्रह गरेका थिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य थारुले प्रदेशसभाले विपद् व्यवस्थापनका सवालमा राप्ती तटिय क्षेत्रका बस्ति सुरक्षित राख्न तटबन्ध निर्माण लगाए धेरै काम गरेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै दाङ क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार अनुराग खड्काले गठबन्धन एक ढिक्का भएर उभिन जरुरी रहेको बताए ।

उनले आँफु बिजयी भएपछि आफ्ना स्वर्गिय बुवा खुमबहादर खड्काले गर्न बाँकी रहेका अधुरा विकास निर्माणका कामलाई अगाडि बढाउने विश्वास दिलाएका थिए ।

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *