२०८२ मङ्सिर १९ गते शुक्रवार

दाङमा रणेन्द्रविक्रम केसीको मात्रै उम्मेदवारी फिर्ता

तुलसीपुर, असोज २६ । दाङमा एक जनाले मात्रै आफ्नो उम्मेदवारी फिर्ता लिएको छन् ।


निर्वाचन क्षेत्र नं. ३ अन्तरगत प्रदेश सभा (क) मा उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टीका रणेन्द्रविक्रम केसीले मात्रै बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय लुम्बिनी प्रदेश कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिए ।

यो संगै मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य पदका लागि अब जिल्लामा ८९ जनाका बीचमा प्रतिष्पर्धा हुने निश्चित भएको छ ।


दाङमा तीन संघीय निर्वाचन क्षेत्र रहेका छन् । आइतबार ९० जनाले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्य बुधबार एक जनाले मात्रै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।

निर्वाचन क्षेत्र नं. १ र २ मा कसैले पनि उम्मेदवारी फिर्ता नलिएको सूचना अधिकारी कँवरले बताए ।


आइतबार दाङमा प्रतिनिधिसभा सदस्य पदका लागि ४४ र प्रदेशसभा सदस्य पदका लागि ४६ जनाको उम्मेदवारी परेको छ। तीन निर्वाचन क्षेत्र रहेको दाङमा कुल ९० जनाको उम्मेदवारी परेको थियो ।

तीन सिटमा ४४ जना र प्रदेशतर्फको ६ सिटमा ४६ जनाले उम्मेदवारी दर्ता भएपनि एक जनाले फिर्ता लिएपछि अब प्रदेश तर्फ ४५ जनाका बीचमा प्रतिपष्र्धा हुने भएको छ ।

प्रमुख दलबाहेक १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन । स्वतन्त्रबाट प्रतिनिधि सभामा १० र प्रदेश सभाका लागि सात जनाको उम्मेदवारी दिएका छन् ।

तस्विर फरककोण ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *