२०८२ मङ्सिर २२ गते सोमवार

प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित

काठमाण्डौ,असोज २६ । मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

सो क्षेत्रबाट उम्मेदवार दिएका अर्का उम्मेदवार दार्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ निर्विरोध भएका हुन् ।

निर्वाचन अधिकृतले दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ । दोर्जे पनि स्वतन्त्र उम्मेदवार थिए ।

नेकपा एमालेलाई आफ्नो समर्थन रहेको भन्दै मनाङेले एमाले नेताहरु पोल्देन छोपाङ गुरुङसँग तस्विर खिचाएका थिए ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *