२०८२ मङ्सिर २३ गते मङ्गलवार

रेशमलाल चौधरीको उम्मेदवारी खारेज

काठमाण्डौ,असोज २६ । नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ ।

चौधरीले बर्दिया २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

चौधरीविरुद्ध परेको उजुरीका आधारमा उम्मेदवार बन्न अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको हो ।

चौधरीलाई थरुहट आन्दोलनका क्रममा टीकापुर घटनाको दोषी ठहर्याइ जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो ।

उच्च अदालतले पनि त्यो फैसलालाई सदर गरे पछि चौधरी अहिले सजाय काट्दै छन् ।

चौधरी अहिले ज्यान मार्ने उद्योगमा जेलमा छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी ९थारु० को पनि उम्मेदवारी खारेज भएको छ ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *