तुलसीपुर, असोज २५। दाङको तुलसीपुरमा जुवा खेल्दै गरेको अवस्थामा १० जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीलीले तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ स्थित गोविन्द शाहको घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
दिउँसो साढे दुई बजे पक्राउ परेकाहरुको साथबाट १९ हजार नगद र तास बरामद गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ ।
प्रकाशित मिति : २०७९ असोज २५ गते मङ्गलवार
