२०८२ मङ्सिर १९ गते शुक्रवार

लक्ष्मण चौधरी उम्मेदवार बन्न नपाउने


दाङ, असोज २५ । कैलाली जिल्लाको निर्वाचन क्षेत्र नं. ५ मा उम्मेदवारी दिएका लक्ष्मण चौधरीको उम्मेदवारी निर्वाचन अयोगले खारेग गरेको छ ।

उनले नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा आइतबार उम्मेदवारी दिएका थिए ।

उनी हालपनि कतब्र्य ज्यान मुद्दामा कारागारमै छन् ।
धनगढी नगरपालिका वडा नं. १५ का रामबहादुर सिंहले निर्वाचन अधिकृतको कार्यालयमा चौधरी बिरुद्ध सोमबार उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले चौधरीलाई उम्मेदवारको लागि अयोग्य ठहर गर्दैै उनको उम्मेदवारी खारेज गरिदिएको हो ।

प्रकाशित मिति : २०७९ असोज २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *