हुम्ला,असोज २५ । हुम्लामा चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ ।
अत्यधिक रक्तश्रावका कारण सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहोराले बताइन ।
खराब मौसमका कारण कालीकोटबाट हेलिकप्टर हुम्ला पुग्न नसकेपछि उनको उद्धार हुन सकेन ।
उद्धारका लागि हिजो सुर्खेतबाट उडेको हेलिकप्टर खराब मौसमका कारण कालीकोटमा रहेको नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो ।
मौसमका सुधार नआएपछि हेलिकप्टर पुनः सुर्खेतमै फर्किएको थियो ।
प्रकाशित मिति : २०७९ असोज २५ गते मङ्गलवार
