२०८२ मङ्सिर २४ गते बुधवार

दाङ क्षेत्र न. २ मा २८ जनाको उम्मेदवारी

कुन पदमा कस्ले उम्मेदवारी दिए ?

तुलसीपुर, असोज २४ । निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि तीन स्वतन्त्रसहित १५ जना र प्रदेशसभातर्फ २(क) मा १ स्वतन्त्रसहित आठ र २ (ख) मा पाँच जनाको उम्मेदवारी परेको हो ।


यहाँ सत्तापक्षीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी पोलिट्व्यूरो सदस्य तथा पूर्व मन्त्री रेखा शर्मा खड्का र नेकपा एमालेका महासचिव शंकर पोख्रेलले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ उनीहरुका बीचमा मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।


यी बाहेक नेपाली कांग्रेस विपीका गोविन्दप्रसाद शर्मा, नेकपा मालेका नेत्रप्रसाद पाण्डे, नेमकिपाका आशाराम वैद्य, मंगोल नेशनल अर्गनाइजेशनका खड्कबहादुर बुढा मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी, हाम्रो नेपाली पार्टीका सशिराम चौधरी, मौलिक जरो किलो पार्टीका रामचन्द्र खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका भोलानाथ योगी, नेपाल आमा पार्टीका गीता रावत र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

यहाँ प्रतिनिधि सभा सदस्य पदका लागि कृष्णबहादुर डाँगी, यमलाल जिसी र भुपनाथ अर्जेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा तर्फ २ (क) मा एक स्वतन्त्र उम्मेदवारसहित आठजनाको उम्मेदवारी परेको छ । गठबन्धन दलबाट नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा पूर्व सांसद राजु खनाल र नेकपा एमालेबाट लुम्बिनी प्रदेशका यसअघिका निर्माण ब्यबसायी संघका अध्यक्ष बलिभद्र रानाका बीचमा मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।


यही बाहेक राप्रपाका गोपालबहादुर बेलबासे, मौलिक जरोकिलो पार्टीका निमबहादुर बिक, नेपाल आमा पार्टीका वेगम पाण्डे, नागरिक उन्मुक्ति पार्टीका रामप्रसाद थारु र स्वतन्त्रबाट रेशमबहादुर चौधरीको उम्मेदवारी परेको छ ।

निर्वाचन क्षेत्र नं. २ (ख) मा प्रदेशसभाका लागि पाँच जनाको उम्मेदवारी परेको छ । गठबन्धन दलबाट नेपाली कांग्रेसका युवा नेता प्रचण्डविक्रम न्यौपाने र नेकपा एमाले दाङका पुराना नेता गिरिराज केसीले उम्मेदवारी दिएका छन् । उनीहरुलाई मुख्य प्रतिष्पर्धी मानिएको छ ।


उनीहरु बाहेक राप्रपाका उमाकान्त भण्डारी, मंगोल नेशनल अर्गनाइजेशनका राजबहादुर घर्ती मगर र नागरिक उन्मुक्ति पार्टीका ओमप्रकाश चौधरीले उम्मेदवारी दिएका छन् ।


दाङमा प्रतिनिधिसभा सदस्य पदका लागि ४४ र प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्ष तर्फ ४६ जनाको उम्मेदवारी परेको छ ।
तीन निर्वाचन क्षेत्र रहेको दाङमा कुल ९० जनाको उम्मेदवारी परेको छ ।


तीन सिटमा ४४ जना र प्रदेश तर्फको ६ सिटमा ४६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख दल बाहेक १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट प्रतिनिधिसभामा १० र प्रदेशसभाका लागि सात जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *