२०८२ मङ्सिर २२ गते सोमवार

दाङ क्षेत्र नं. १ मा २७ जना कस्ले कुन पदमा उम्मेदवारी दिए ?

तुलसीपुर, असोज २४ । दाङको निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभाका एक स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै प्रदेश तर्फ १ (क) नौ जना, १ (ख)छ जनाको उम्मेदवारी परेको छ ।

दाङ क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका नेता तथा शहरी विकास मन्त्री मेटमणि चौधरी र नेकपा एमालेबाट शान्ता चौधरीको उम्मेदवारी परेको छ । उनीहरुलाई प्रमुख प्रतिष्पर्धी मानिएको छ ।


उनीहरु बाहेक यहाँ प्रतिनिधि सभाका लागि नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी, नेपाली कांग्रेस विपीबाट अशोक खड्का, हाम्रो नेपाली पार्टीबाट गंगा चौधरी (सत्गौवा), नेपाल मजदुर किसान पार्टीबाट गणेशभक्त खर्बुजा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिमा बुढा मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट रुक्मिणी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट शोभाराम बुढा र स्वतन्त्रबाट चन्द्रमणि न्यौपानेको उम्मेदवारी दर्ता भएको छ ।


प्रदेश सभा तर्फ १ (क) मा गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारु र नेकपा एमालेबाट गंगाराम भट्टराईको उम्मेदवारी परेको छ । उनीहरुलाई मुख्य प्रतिष्पर्धीका रुपमा हेरिएको छ ।


यो निर्वाचन क्षेत्रमा उनीहरु बाहेक जनता समाजवादी पार्टीका जगतराम यादव, मंगोल नेशनल अर्गनाइजेशन पार्टीका खुमबहादुर गाहा मगर, हाम्रो नेपाली पार्टीका टंकबहादुर बिष्ट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका दामोदर चौधरी, राष्ट्रिय जनमोर्चाका महेशचन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका मानबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीका रञ्जित चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।


त्यस्तै क्षेत्र नं. १ (ख) मा नेपाली कांग्रेसबाट अनुराग खड्का र नेकपा एमालेबाट कुलबहादुर खत्रीले उम्मेदवारी दर्ता गराएका छन् । २८ बर्षीय खड्का स्वर्गिय नेता खुमबहादुर खड्का एक्ला छोरा हुन भने खत्री लमही नगरपालिकाका पूर्व मेयर हुन । उनीहरुका बीचमा मुख्य प्रतिपष्र्धा हुने आँकलन गरिएको छ ।


यी बाहेक यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका गोरखबहादुर केसी, मंगोल नेशनल अर्गनाइजेशनका टिकलाल चौधरी, नागरिक उन्मुक्ति पार्टीका भक्तिराम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजकुमार विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।


दाङमा प्रतिनिधिसभा सदस्य पदका लागि ४४ र प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्ष तर्फ ४६ जनाको उम्मेदवारी परेको छ ।
तीन निर्वाचन क्षेत्र रहेको दाङमा कुल ९० जनाको उम्मेदवारी परेको छ ।


तीन सिटमा ४४ जना र प्रदेश तर्फको ६ सिटमा ४६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख दल बाहेक १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट प्रतिनिधिसभामा १० र प्रदेशसभाका लागि सात जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *