२०८१ साउन ९ गते बुधवार

हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको ज्यान गयो

हुम्ला,असोज २४ । हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको ज्यान गएको छ ।

५७ वर्षकी तुलसा कामी, ९ वर्षकी सुश्मिता कामी, ७ वर्षकी हुइजाली कामी र ५ वर्षका वसन्त कामीको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले जानकारी दिइन ।

घरमा रहेका तीन जना घाइते भएका र उनीहरुको गाउँकै स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताइन । लगातार परेको पानीले पहिरो खस्दा घर पुरिएको हो ।

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *