२०८१ बैशाख ११ गते मङ्गलवार

गाउँपालिकाको कार्यालयमा ७ औं दिनसम्म टेन्ट कायमै

झुपु बुढा क्षत्री,
हापुरे, फागुन १६ । दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट पूर्व नेकपा एमालेको तर्फवाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा परि मृत्यु भएको विहीवार ७ औंदिन पुगिसकेको छ । वलीको माघ १० गते विहान मृत्यु भएको हो ।

त्यसपछि स्थानीय सरकारले एक दिन सार्वजनिक विदा घोषणा गर्यो । बबई गाउँपालिकाले शोक मनाउन एक दिन सार्वजनिक विदा दिनु अन्यथा होइन । तर शोक मनाउन भन्दै ७औं दिन पुगिसक्दा समेत गाउँपालिकाको कार्यालयमै टेन्ट टाँगिनुलाई भने सर्वसाधारण सेवाग्राहीले अनुचित भन्न थालेका छन् ।

‘वलीको निधन भएको ७औं दिन पुग्दा समेत गाउँपालिकाको कार्यालयमै टेन्ट टाँगिरहनु, शोक पुिस्तका र अभिर राख्नुले सर्वसाधारण आश्चर्यमा परेका छन्,’ एकजना स्थानीयले भने । कतिपयले सामाजिक संजालमा समेत त्यसवारे जिज्ञासा उठाएका छन् । पूुर्व एमालेवाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भुवनेश्वर पौडेलले भने यसवारेमा सार्वजनकि रुपमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *