तुलसीपुर,असोज २३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दीपक गिरीले सत्तारूढ गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका छन् ।
गिरीले निर्वाचन अधिकृतको कार्यालयले दिएको समयमै कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन ।
त्यस्तै गठबन्धनका तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर ३ (क) मा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा विकास मन्त्री नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी र ३ (ख) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की (राजेश) ले उम्मेदवारी दर्ता गराएका हुन ।
प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
