२०८२ मङ्सिर २७ गते शनिवार

प्युठानमा बेपत्ता भएका ६ मध्ये दुई जनाको शव भेटियो

प्युठान,असोज २२ । प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये शनिवार बिहान दुई जनाको शव फेला परेको छ ।

शव भेटिएका उनीहरूको परिचय खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिए ।

माण्डवी गाउँपालिका–४ फरन्डीमा बमबहादुर बुढा मगरको घर माथिबाट हिजो शुक्रवार आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका थिए ।

बाँकी चार जनाको खोजी भइरहेको प्युठान प्रहरीले जनाएको छ ।

अहिले पनि प्युठानमा हल्का पानी परिरहेको छ । पानी परेका कारण उद्धारमा केही कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी नेपालले बताए ।

अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विपद् प्रतिकार्यको उद्धार टोलीले पहिरोमा पुरिएर बेपत्ता भएका चार जनाको खोजी गरिरहेका छन् ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *