२०८१ साउन ५ गते शनिवार

प्यारो थबाङ गाउँपालिका बोलको गीत सार्वजनिक


सुर्य प्रकाश बुढा मगर,रोल्पा,असोज १५ । थबाङ गाउँपालिका २ वडा कार्यालयले तयार गरेको”प्यारो थबाङ गाउँपालिका”बोलको गीत शनिबार युट्युवमा सार्वजनिक भएको छ।

थबाङ गाउँपालिका २ का निवर्तमान वडा अध्यक्ष वसन्त रोका मगरको शब्द रहेको छ भने संगीत बि.बि अनुरागीको रहेको छ।

त्यस्तै स्वर शनि विश्वकर्मा र विशाखा शाहीको रहेको छ।

भिडियोको छायांकन जितु तामाङले गरेका हुन भने सम्पादन अर्जुन लोहारले गरेका हुन।

भिडियोमा थबाङ गाउँपालिका भित्रका स्थानीय कलाकारहरुको अभिनय रहेको छ।

जसमा अनुस्का रोका मगर,मिलन रोका मगर,कोसेली रोका मगर,अमित बुढा मगर,पवित्रा बुढा मगर,अठोट पुन मगर,कल्पना झाँक्री मगर,मण्दिप विक,एलिना रोकामगर र संकल्प बुढामगर लगाएत रहेका छन्।

गीतमा थबाङ गाउँपालिका भित्रका महत्त्वपूर्ण गाउँ ठाउँ,जनयुद्धको उद्गम थलो थबाङ गाउँ,धार्मिक तथा पर्यटकीय स्थल जलजलाको रमणीय ठाउँ,उवा र मिरुल लगाएत ठाउँ देखाइएको छ भने थबाङ गाउँपालिका भित्रका प्राकृतिक सुन्दरतालाई समेत देखाइएको छ।

साथै त्यहाँ भएका भेषभुसा त्यहाँ नागरिकले परम्परागत रूपमा गर्ने पेशा,व्यवसाय र थबाङको पछिल्लो विकास कार्यहरूलाई समेत देखाइएको छ।प्यारो थबाङ गाउँपालिका बोलको गीतको विमोचन २०७८ चैत ६ गते पूर्व उर्जा जलस्रोत तथा सिचाँई मन्त्री वर्षमान पुनमगर,पूर्व सभामुख ओनसरी घर्तीमगर र थबाङ गाउँपालिकाका निवर्तमान अध्यक्ष वीर बहादुर घर्ती मगर लगाएतले गरेका थिए ।

शब्दकार रोका मगरले सहयोगी थबाङ गाउँपालिका २ निवर्तमान वडा कार्यालय परिवार,विषेश सहयोगीहरु थबाङ गाउँपालिका परिवार लगाएत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *