२०७९ मङ्सिर १६ गते शुक्रवार

लुकेको प्रतिभा – प्रहरीको सांगेतिक समुहसंग पहाडमा पुग्दा…

दाङ, असोज १५ । कुनै दिन थियो जब सञ्तोष र गोबिन्द आचार्यका दाजुभाइ हुँदैन थिए गाउँघरमा हुने कुनैपनि पर्वहरुमा उल्लास छाउँदैन थियो । कुनै उत्सव वा पर्वहरुमा उनीहरु अनिवार्य निम्त्याइन्थे ।


नबोलाएपनि गीत गाएर अरुलाई नचाउन वा मनोरञ्जन दिन उनीहरु आँफैपनि नाच गान भएको गाउँ ठाउँमा पुगिहाल्थे । ‘यी दाजभाइ दोहरी गाउँनपनि उत्तिकै माहिर थिए । रातभर गीत गाएर बसिदिन्थे । रातभर नाचगान चल्थ्यो । खुबै रमाइलो हुन्थ्यो,’ तुलसीपुर ६ की पत्रिता वलीले भनिन् ‘ उनीहरु नाच गान भएको ठाउँमा आए बल्ल उत्साल छाउँथ्यो ।


दंगीशरण गाउँपालिका वडा नं. ३ एकली गाउँका यी दाजु भाइको स्वर र गायनी कलाको चर्चा आफ्नो गाउँमा मात्रै हैन तुलसीपुर पश्चिमका गाउँघरमा त्यतिखेर खुबै हुने गरेको उनले बताइन ।


पेशाले हाल प्रहरी सहायक निरीक्षक दाजु सञ्तोषकुमार आचार्यले त्यही कुरा गरे । ‘हामी दाजु भाइ १२÷१४ बर्षको उमेरदेखि नै गाउँ घरमा हुने पूजा आजा नाच गानमा हामी गीत गाउँथिम,’ उनले भने ‘ त्यस्ता पूजा आजा भएको ठाउँमा हामीलाई पर्खेर बस्नेहरु धेरै हुन्थे।’
सञ्तोषको रुची त गीत संगीतमै बिताउने थियो । २०५६ सालमा डा… गोबिन्द आचार्यको ‘तालको पानीमा’ एल्बममा सञ्तोषले गाएको एउटा गीत रेर्कड छ । गाउँ घरमा सामान्ने परिवारमा जन्मेको ब्यक्तिलाई उतिखेर गीत रेकर्डका लागि दाङ–काठमाडौं आउजाउ गर्न सजिलो थिएन । अहिले जस्तो त्यतिखेर ब्यबसायिकतापनि थिएन ।


गीत संगीत रुचीको बिशष भएपनि त्यसरी गाउँ घरमा गीत गाउँदै हिडेर जीवन निर्वाह गर्न सकिदैन भन्ने मनन् सञ्तोषले गरि सकेका थिए । त्यसैले माओबादी युद्ध चरम उत्कर्षमा पुगेकै समयमा सञ्तोषले २०५८ सालमा प्रहरी सेवामा प्रबेश गरे । तत्कालिन कठिन समयमा प्रहरी बिदामा घर जान सक्ने वा एक्लै गाउँ घरमा निर्वाध आवात जावात गर्न सक्ने अवस्था थिएन ।


गीत संगीत प्रतिको हुटहुटी मनमा छँदै थियो । २०६१ सालमा गायकी सिन्धु मल्ल, दाजु सञ्तोष र भाइ गोबिन्द ‘मधुर’ आचार्यले मिलेर ‘बाचा तोड्यौ नि’ बोलको गीत रेकर्ड गरे । यो बीचमा भाइ गोबिन्द ‘मधुर’ आचार्य नेपाली गीत संगीतको क्षेत्रमा चर्चामा छन् । उनी निरन्तर त्यसैमा लागेका छन् । तर, दाजु सञ्तोष भने प्रहरी जागिरका क्रममा बिभिन्न ठाउँमा जानु प¥यो । संगतको अनुशान र कतब्र्य पालना तथा जिम्मेवारीले थिच्दै लग्यो । मनमा गीत संगीत प्रतिको अथाह प्रेम भने जीवितै छ । हाल उनी तुलसीपुर बसपार्कको इञ्चार्ज छन् । बसपार्क क्षेत्र रातदिन अलर्ट भएर बस्नु पर्छ । तै पनि बिदा मिल्नासाथ आँफु जस्तै गीत संगीतमा रुची राख्ने संगठन भित्रकै साथी भाइ बोलाएर उनीहरु नाच गानमा जुटिहाल्छन् ।


असोज पहिलो साता यस्तै उनीहरुको एउटा जमघटमा संवादातालाई पनि पुग्ने अबसर जु¥यो । तुलसीपुर बजारदेखिको एकान्त स्थल पहाडी क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं। ३ थापापानीमा पुगेका मध्य म एकजना बाहेक सबै प्रहरी नै थिए । त्यहाँ पुगेपछि उनीहरु डाँडोमाथि चौरम बसे । मादल, बाँसुरी निकालेर कोही गाउन थाले कोही नाच्न थाले । एकलास ठाउँ वन पाखा नाच गानको उल्लासमय वातावरणमा परिणत हुँदै गयो । एकाएक पानी पर्न सुरु भयो । आँफु रुझेर भएपनि मादल बाँसुरी जोगाए । उनीहरुले स्थानीय स्तरमा चर्चित लोकभाका मात्रै हैन आँफैले रचेका गीतहरुपनि सुनाए ।


इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी सहायक हवल्दार प्रकाश थापाले बजाएको बाँसुर धुन पहाडका भिरपाखा छिचोलेको थियो । सल्यानको शारदा नगरपालिका वडा नं.१ श्रीनगरका थापा बाँसुरी बजाउँदै सञ्तोषसंगै गीतको तालपनि छोपिरहेका थिए ।


उनले आँफैले लेखेको बिरही भाखापनि सुनाए । ‘उनको माया बर्षाको भेल भयो, जुनी भरलाई रुवाउने खेल भयो, बाटैमुनी सल्लेरीको वन, काट्नु दुःख काटेको छु है सानु अझैं तिम्ले नदुखाइदेउ मन’…गाउँ घरमा भिरपाखा गर्दागर्दै बाँसुरी बजाउन र गाउन सुरु गरेको उनले अनुभूति साटे ।


यज्ञबहादुर थापा मादले थिए । उनीपनि सल्यान शारदा नगरपालिका वडा नं. ११ का स्थायी बासिन्दा उनी पेशाले प्रहरी हवल्दार हुन । थापापनि इप्रका तुलसीपुरमै कार्यरत छन् । गाउँ घरमा नाचगान गर्ने क्रममा सानैदेखि मादल बजाउँदै आएको उनले बताए । बुवाले पनि मादल बजाउने हुँदा त्यहीबाट आँफु मादल प्रति आकर्षित भएको उनले जानकारी दिए ।


रमेश बिसी पेशाले प्रहरी सहायक निरीक्षक हुन । बेलुवा वडा प्रहरी कार्यालयको इञ्चार्ज उनले बिहान क्याम्पसहरुमा पढाउँछन् । उनले दूई बिषयमा स्नातोकोत्तर पुरा गरेका छन् । बिसी साथीहरुले गीत गाउँदा खुबै फुर्तिका साथ नाचेका थिए । बिसीको पुर्खेउली घर रुकुम पश्चिम हो ।


क्याम्पस पढ्ने क्रममा काठमाडौंमा बस्दा बिसीले रेडियोहरुमा समाचार वाचनपनि गरेका थिए । टेलीसृङखलाहरु पनि खेलेका थिए । उनी गायन, बाद्यबादन, गीत लेखन सबै क्षेत्रमा उत्तिकै रुची राख्छन् । मान्छेको ब्यबसायिक जीवन एकातिर भएपनि फुर्सदमा उस्को ब्यक्तिगत जीवनपनि निकै प्राथमिकताको कुरा हो भन्ने बुझेरै संधै ब्यबस्त रहने आँफुहरुले मौका मिल्दा आफ्नै मौलिक गीत संगीतमा रमाउने गरेको उनले बताए ।


पेशागत कुरा र आचारण ब्यबहारलाई कतै आँच नआउने गरि डिउटीको थकानबाट रिफ्रेस हुन आँफुहरु भित्रकै समुह कहिले काँही रमाइलोका लागि जुट्ने गरेको उनले जानकारी दिए । त्यसैगरी नाचेर रमाइलो गर्नेमा प्रहरी सहायक हवल्दार देवराज खरालपनि एक थिए । प्रहरी सहायक निरीक्षक कृष्णदत्त जोसीले पनि गीत गाएर रमाइलो गरेका थिए ।


हाम्रो समुह त्यहाँ मोटरसाइकलमा पुगेको थियो । पछिल्लो बर्षातले पहाडीबाटो चिरा–चिरा पारेको र पानीपनि परेको हुँदा चिफ्लो बाटोमा निकै कठिनाइहरु भोग्नु परेको थियो । बिभिन्न ठाउँमा एक आपसमा मोटरसाइकलहरु ठेल्दै थरकोट नजिकको थापापानीमा हाम्रो समुह पुगेको थियो ।

बाटोमा जति दुःख कष्ट खेप्नु परेपनि उनीहरुले गीत संगीतमा झुमेपछि भने सबै रमाएका थिए । आसपासका स्थानीयपनि रमाउन हामी सामु आइपुगेका थिए ।

तस्विर ः फरककोण ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.