२०८१ चैत्र १३ गते बुधवार

तुलसीपुरका मेयर खड्का एयरपोर्टमा किन आएनन् ?

तुलसीपुर, असोज ६ । सहरी बिकास मन्त्री मेटमनी चौधरीले तुलसीपुरको टरिगाउँ एयरपोर्ट बनाउन स्थानीय निकायहरु थप जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

बिहीबार तुलसीपुरका श्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीको पहलमा पर्यटन मन्त्री जीवनराम श्रेष्ठसहित टरिगाउँ एयरपोर्टको स्थलगत अनुगमनमा आएका मन्त्री चौधरीले तुलसीपुरका मेयर टीकाराम खड्का कार्यक्रममा नआएको प्रति आश्चर्य ब्यक्त गरेका थिए ।


‘ तुलसीपुरमै एयरपोर्ट बनाउनका लागि हामी अनुगमनमा आउँदा मेयर खड्का किन आएनन्,’ उनले प्रश्न गरेका थिए ‘स्थानीय जनप्रतिनिधि नै सकारात्मक नभए कसरी एयरपोर्ट बिस्तार हुन सक्छ ?’


आफ्नै नगरको सम्मुखमा त्यति महत्वपूर्ण कार्यक्रम भइरहँदा मेयरले नजरअन्दाज गर्न खोज्नु दुभाग्र्य मान्न सकिने उनको आशय थियो । मेयर खड्काको सचिवालयले भने त्यतिखेर मेयर खड्का अर्कै कार्यक्रममा ब्यस्त रहेको हुँदा आउन नसकेको जानकारी दिएको छ ।


उपमेयर श्यानी चौधरी भने कार्यक्रममा उपस्थित थिइन । तुलसीपुर उपमहानगरपालिकाको सभाहलमा बुधबार भएको बृहत छलफलबाट उपमेयर चौधरी एयरपोर्ट सहयोग समितिको संयोजक बनाइएकी थिइन ।

चौधरीले आँफुलाई एयरपोर्टको निर्माणको जिम्मा दिए छ महिना भित्रै धावन मार्ग विस्तार गरेर देखाइदिने जिकिर गर्दै आएकी छिन । त्यही कारण मेयर खड्का र उपमेयर चौधरी बीचमा चिसो बढेको चर्चा हुँदै आएको छ ।


कार्यक्रममा तुलसीपुर – १२ टरिगाउँमा अवस्थित टरिगाउँ एयरपोर्टको बारेमा तीन जना मन्त्री एकै साथ अनुगमनमा आउँदा सम्बन्धित वडाध्यक्ष खुसीराम चौधरीपनि उपस्थित थिएनन् ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *