२०८१ असोज ५ गते शनिवार

दंगालीले एक स्वरमा भने–नाम लुम्बिनी र राजधानी दाङ

राजेश खत्री,
दाङ,फागुन १४ । ५ नं. प्रदेशको स्थायनी राजधानी र नामांकरणको बारेमा सुझवा संकलन गर्न ठगित विशेष समितिलाई दंगालीले एक स्वरमा नाम लुम्बिनी र राजधानी दाङ हुनुपर्ने सुझाव दिएका छन् ।

मंगलवार विहान दाङको तुलसीपुरमा भएको सुझाव संकलन कार्यक्रममा सहभागी सबैले दाङ केनद्रकै राजधानी बन्न लायक स्थान भएको हुँदा प्रदेशको राजधानी बन्ने आधार प्रसस्त रहेको बताएका हुन ।

कतिपयले सामाजिक न्यायको सिद्धान्तको आधारमा दाङ राजधानी हुनुपर्ने बताएका छन् । गुरु जजुर नमुना उच्च माविका प्राचार्य विष्णुप्रशाद आचार्यले सामाजिक न्यायका सिद्धान्तका आधारमा ५ नं. प्रदेशको स्थायी राजधानी दाङ नै हुनुपर्ने माग गरे । ‘भौगोलिक तथा वातावरणिय दृष्टिकोणले यो अतेन्तै उपयुक्त स्थान हो,’ आचार्यले भने ‘दाङ केन्द्रीय राजधानी भन्दापनि उपयुक्त स्थान छ ।’ प्राचार्य आचार्यले राजनीतिक इमान्दारिता देखाउन सक्ने हो भने दाङ नै राजधानी हुनुपर्ने दाबी गरे । ‘राजनीतिक इमान्दारिता देखाइयोस,’ आचार्यले भने ‘बलको आधारमा र राजनीतिक पहुँचको आधारमा राजधानी तोके संघीयता सफल हुन मुस्किल पर्न सक्छ ।’ दाङको राप्ती राजमार्गले दक्षिणमा भारत र उत्तरमा चीन छुने भएको हुँदापनि दाङ राजधानी बनाउन आवश्यक रहेको उनको कथन थियो । सुझाव प्रस्तुत गर्दै युवा ठाकुर रोकाले समानुपातिक विकास चाहाने हो र संघीयताको मर्म अनुरुप अगाडि बढ्ने हो भने दाङको विकल्प नरहेको तर्क प्रस्तुत गरे । ‘दाङ केन्द्रीय राजधानी बनाउनका लागि समेत सबैभन्दा उपयुक्त स्थान हो,’ रोकाले भने ‘यसलाई छोडेर बुटवल राजधानी बनाउन खोज्नु आँफैमा मजाग हो ।’

आदीवासीको तर्फवात चूर्णबहादुर चौधरीले इञ्चले नापेपनि दाङ १२ वटै जिल्लाको बीच भागमा पर्ने, दक्षिण एसियाकै ठूलो उपत्यका भएको हुँदा प्रसस्त जग्गा उपलब्ध रहेको, भूराजनीतिक दृष्टिकोणले गर्दापनि दक्षिणमा भारत र उत्तरमा चिनसंग दाङको राजमार्गले जोड्न सक्ने हुँदा राजधानी हुनुपर्ने माग गरे । उनले राजधानी छिमेकी देशको सीमानामा नभइ सुरक्षित स्थानमा रहनुपर्ने भन्दै दुबै देशसंगको समदुरी दाङले मात्रै कायम गर्न सक्ने बताए । त्यस्तै उनले दाङमा राप्ती नदी र बबई नदी जस्ता नदीहरु भएको हुँदा मानव सभ्यताको विकास गर्न सहज हुने तर्क गरे ।

कार्यक्रममा सझुाव प्रस्तुत गर्दै गरिबी निवारण कोषका पूर्ब कार्यकारी निर्देशक नहकुल केसीले दाङ प्रदेशका १२ वटै जिल्लाहरुको केन्द्र भागमा पर्ने भएको हुँदा संघीयताको मर्म अनुसार जनतालाई नजिकवाट सेवा दिने हो भने दाङ नै प्रदेशको स्थायी राजधानी हुनुपर्ने दाबी गरे । ‘यदी दाङ राजधानी बन्दैन भने केही चुनौती रहेपनि ८औं प्रदेशको लागि तयारी गर्नुपर्छ,’ केसीले भने । उनले पनि संघीयता सफला पार्ने हो भने ५ नं. प्रदेशमा दाङको विकल्प नरहेको जिकिर गरे । दलित समुदायकी निर्मलाकुमारी गुप्ता बादीले दाङमा प्रसस्त जग्गा रहेको, सुरक्षाको दृष्टिकोणले उपयुक्त स्थानमा रहेको, सबै जातजातिको बसोबास रहेको, हावापानीको दृष्टिकोणले उपयुक्त रहेको हुँदा कसैको माग भन्दापनि सबैको आवश्यकताको आधारमा दाङ राजधानी बन्नुपर्ने दाबी गरिन । पत्रकार गणेश आचार्यले बुटवल प्रति कुनै द्धयस नराखेको बताउँदै संघीयताको मर्म अनुसार दाङ नै राजधानी हुनुपर्ने तर्क प्रस्तुत गरे । ‘यदी दाङ,बाँके, बर्दियलाई कर्णाली प्रदेशमा र रुकुम पूर्वलाई गण्डकी प्रदेशमा गाभेमा मात्रै बुटवल केन्द्रमा पर्ने हुँदा त्यसपछि मात्रै बुटवल राजधानी बन्न संभव हुने,’– आचार्यले भने ।

क्षेत्रीय सम्बाद समुहले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा सुझाब दिने अन्य बक्ताहरुले दाङ दक्षिण एरियाकै दोस्रो ठूलो उपत्यका भएको, हावापानी, सुरक्षा, सुबिधा, यातायात, प्रकृतिक, सामाजिक हिसाबले पनि उपयुृक्त स्थान भएको हुँदा राजधानी दाङ नै हुनुपर्ने मत जाहेर गरेका थिए ।

सुझाव दिएका अधिकाँसले प्रदेश नं. ५ को नाम भने लुम्बिनी राख्नु उपयुक्त हुने बताएका छन् । तर त्यसमध्य कतिपयले भने प्रदेशको नाम स्वर्गद्धारी र बुद्ध भूमिसमेत राख्न सकिने सुझाएका थिए । त्यस्तो सुझाव दिनेहरुमा बृद्धसेवा समिति तुलसीपरका संयोजक खुमानन्द अधिकारी, तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेल, प्रधानाध्यापकको तर्फबाट भागवत पौडेल, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरु रावत, मजदुरको तर्फबाट टोपबहादुर महतारा, तुलसीपुर उपमहानगरपालिकाका वडा नं. ६ का अध्यक्ष नबराज लामिछाने, अपाङ्गतको तर्फबाट हुमाकान्त कडेँल र देवा डाँगी, पत्रकार संगीत बस्याल,अधिबक्ता रामशरण चौधरी, ब्यासायी जनक खराल, शुसिला पौडेल, देवा बस्नेत, बिरबल खड्का, अटो चालक नारायणसिंह बोहरा, मानबहादुर रावत, तरुण दलका टीका घर्ती, ईश्वरीप्रसाद गैरे, पदमा चौधरी, भरत भण्डारीलगायतले अन्य पहाडी जिल्लाहरुको विकासका लागि समेत दाङ नै राजधानी हुनुपर्छ सुझाव दिएका थिए ।

सुझाब संकलन पश्चात बिशेष समितिका सदस्य निर्मला क्षत्रीले प्रदेशका सबै जिल्लामा पुगेर छलफलका क्रममा संकलन भएका आवाजलाई राजधानीका लागि गठन भएको समितिमा बुझाउने र प्रदेशका सबै जनतालाई न्याय हुने हिसाबले प्रदेशको राजधानी तोक्ने विश्वास दिलाएकी थिइन । ‘तपाँईहरु भाग्यमानी हुनुहुन्छ,’ क्षत्रीले भनिन् ‘ मुख्यमन्त्री यतैको हुनुहुन्छ,सभामुख यतैको हुनुहुन्छ र अधिकाँस मन्त्रीपनि यतैको हुनुहुन्छ । अवस्यपनि उहाँले तपाँईको कुरामा समर्थन जनाउनु हुनेछ।’

सम्बाद समुह प्रदेश नं. ५ सदस्य रामजी चौधरीको अध्यक्षतामा भएको त्यो कार्यक्रम स्थायी राजधानीका लागि गठित बिशेष समितिकी कल्पना पाण्डेले पनि धारणा राखेकी थिइन । सम्बाद समुहका सदस्य तथा अधिबक्ता बिष्णुमनी धित्तालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सहजकर्ता सुशील बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *