२०८२ असार ५ गते शुक्रवार

तुलसीपुरमा ३५ लाखको लगानीमा दुई युवाले खोले ‘बर्गर हाउस’

तुलसीपुर,असोज २ । दाङको तुलसीपुरमा ‘बर्गर हाउस एण्ड चिकेश स्टेशन’ सञ्चालनमा आएको छ ।

तुलसीपुर–७ का २ युवा प्रकाश भण्डारी र शिवराज पौडेल मिलेर ३५ लाखको लगानीमा बर्गर हाउस सञ्चालन ल्याएका हुन ।

बर्गर हाउस तुलसीपुरको विपी चोकमा सञ्चालनमा छ । उक्त बर्गर हाउसको आइतवार एक कार्यक्रमका बिच तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले रिवन काटेर उद्धघाटन गरेका हुन ।

उद्धघाटन कार्यक्रममा उनले तुलसीपुरमा भरपर्दो र व्यवस्थित होटल तथा रेष्टुरेन्टको आवश्यकता रहेको बताए । उनले होटल व्यवसायले स्थानीय स्तरका युवाहरुलाई रोजगारीसगैं पर्यटन प्रबद्र्धनलाई समेत टेवा पु¥याउने विस्वास व्यक्त गरे ।


ग्राहकको मागलाई मध्यनजर गर्दै परिवार सहित सहजै रुपमा राम्रो बातावरणमा खान बस्नका लागि बर्गर हाउस सञ्चालनमा ल्याएको सञ्चालक प्रकाश भण्डारीले जानकारी दिए ।

उनले भने,–रोजगारीका लागि अनेत्र जानुभन्दा आफ्नै ठाउँमा बसेर व्यवसायिक रुपमा व्यवसाय गर्नुपर्छ भन्ने सोच आएर बर्गर हाउस सञ्चालनमा ल्याएका हौं ।’

उनका अनुसार बर्गर हाउसमा बर्गर,पिज्जा,फाष्टफुडका आइटम सहित ग्राहकको अर्डर अनुसारका परिकारहरु पाइन्छ ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *