२०७९ मङ्सिर १६ गते शुक्रवार

चम्किदै ‘राप्ती किङ’

एक महिनामा जित्यो ७ उपाधि

रोल्पामा जितपछि सामुहिक तस्बिरमा राप्ती किङका खेलाडी ।

तुलसीपुर, भदौ २९ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ बरुवागाउँमा केन्द्रीय कार्यालय रहेको राप्ती किङ भलिवल प्रशिक्षण केन्द्रले लगालग एक पछि अर्को सफलता हासिल गर्दै आएको छ ।

पछिल्लो समय राप्ती किङले एकै दिन दुई स्थानमा भएका खुल्ला पुरुष भलिवल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ५ जुँगारमा भएको खुल्ला भलिवल प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै राप्ती किङले ३० हजार नगद पुरस्कार जितेको प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले फरककोणलाई जानकारी दिए ।

जुँगारको नेर्पा मेलामा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिता राप्ती किङले सानदार बिजय हासिल गरेको थियो ।

प्रतियोगिता भदौ २५देखि २७ गतेसम्म संचालन गरिएको थियो । त्यही समयमा सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. २ दाङवाङ भन्ने ठाउँमा भएको खुल्ला पुरुष भलिवल प्रतियोगितामा राप्ती किङको जुनियर टिमले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

प्रथम भएको जुनियर टिमले १५ हजार पुरस्कार जितेको प्रशिक्षण केन्द्रका ब्यबस्थापक सञ्तोष रानाले जानकारी दिए ।

राप्ती किङले एक महिनाको अबधिमा लगालग सात प्रतियोगितामा बिजयी हासिल गर्न सफल भएको छ ।

सल्यान, दाङ, रोल्पा लगाएतका जिल्लामा भएका प्रतियोगिता मध्य राप्ती किङ एउटामा मात्रै दृतिय स्थान हासिल गरेको थियो भने अन्य सबैमा प्रथम भएको ब्यबस्थापक रानाले जानकारी दिए ।

ल्गालगत एक पछि अर्कौ सफलता मिलेपछि राप्ती किङ परिवार उत्साहित भएको अध्यक्ष कमल खत्रीले बताए ।

यो प्रशिक्षण केन्द्र चार जना युवाहरु आपसमा मिलेर जग्गा भाडामा लिइ सञ्चालन गर्दै आएका छन् । प्रशिक्षण केन्द्र सञ्चालनका लागि उनीहरुले झन्डै आधा करोड हाराहारीमा लगानी गरि सकेका छन् ।

निजी क्षेत्रबाट खेलकुद क्षेत्रमा भएको यो एउटा मुलुकै लागि नमुना काम मध्यको हो ।

‘यो पनि पढ्नुहोस

राप्ती किङ भलिवल ’ले एक महिनामै जित्यो ५ उपाधि

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.