२०८० असोज १५ गते सोमवार

‘राप्ती किङ भलिवल ’ले एक महिनामै जित्यो ५ उपाधि

तुलसीपुर, भदौ २६ । तुलसीपुरस्थित राप्ती भलिवल प्रशिक्षण केन्द्रले एक महिनाको अवधिमा बिभिन्न जिल्लामा भएका खेलहरुमा पाँच उपाधि जितेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा केन्द्रीय कार्यालय रहेको प्रशिक्षण केन्द्रले दाङ, सल्यान र रोल्पामा यो अबधिमा भएका बिभिन्न प्रतिष्पर्धाहरुमा पाँच उपाधि, मेडल तथा प्रमाण पत्र जित्न सफल भएको क्लबका अध्यक्ष कमल खत्रीले फरककोणलाई बताए ।


आइतबार मात्रै प्रशिक्षण केन्द्रले दाङको शान्तिनगर गाउँपालिका वडा नं.६ धनौरी माविमा भएको खुल्ला भलिवल प्रतियोगितामा प्रथम र तृतिय उपाधि जित्न सफल भएको अध्यक्ष खत्रीले जानकारी दिए ।


सिटी क्लव शान्तिनगरले आयोजना गरेको दोस्रो सिटी युथ खुल्ला पुरुष भलिवल कपमा राप्ती किङ प्रशिक्षण केन्द्रका सहभागि दुई टिम मध्य सिनियर टिम प्रथम भइ ५० हजार नगद, शिल्ड तथा प्रमाण पत्र र जुनियर टिम तृतिय भइ १० हजार नगद शिल्ड तथा प्रमाण पत्र जिन्त सफल भएको अध्यक्ष खत्रीले जानकारी दिए । प्रतियोगिता भदौ २३ देखि २५ गतेसम्म संचालन गर्ने भनिएपनि फाइनल खेल आइतबार बिहान मात्रै भएको थियो ।


त्यसअघि राप्ती भलिवल प्रशिक्षण केन्द्रले भदौ महिनामै रोल्पमा आयोजित भलिवल प्रतियोगितामा प्रथम स्थान हासिल गरि ३० हजार नगद जितेको थियो । यो प्रतियोगिता त्रिबेणी गाउँपालिका वडा नं.३ लिङदुङस्थित सरस्वती माध्यामिक बिद्यालयले आयोजना गरेको थियो । बिद्यालयले चबीघाट बाह्रभदौ मेलाको उपलक्क्षमा खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना गरेको थियो ।


त्यसअघि सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ५ रिम टिनडाँडा आयोजित खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधिपनि राप्ती किंङले नै जितेको थियो । स्थानीय राधा कृष्ण मन्दिर ब्यबस्थापन समितिले भदौ ५ देखि ६ गतेसम्म आयोजना गरेको प्रतियोगितामा प्रथम हुँदै राप्ती किंङले ३० हजार नगद पुरुस्कार जितेको राप्ती किंङका ब्यबस्थापक सञ्तोष रानाले जानकारी दिए ।


ब्यबस्थापक रानाका अनुसार भदौ ३ देखि ५ गतेसम्म सल्यानको शारदा नगरपालिका वडा नं.९ गौरीबजारमा भएको त्यस्तै प्रतियोगितामा राप्ती किंङ दृतिय हुँदै १५ हजार नगद पुरुस्कार जितेको थियो । उक्त प्रतियोगिता लोकबेसी युवा क्लवले आयोजना गरेको थियो ।

आइतबार मात्रै रोल्पाको त्रिवेणीमा आयोजना गरिएको खुल्ला पुरुष भलिवल प्रतियोगिता खेल्न राप्ती किंङका खेलाडी त्यसतर्फ प्रस्थान गरेको ब्यबस्थापक रानाले फरककोणलाई बताए । ‘ आशा छ रोल्पामा हुने यो गेमपनि हामीले नै जित्ने छौं,’ उनले भने ‘ यो प्रतियोगिता पनि जितेमा महिना दिनको अवधिमा राप्ती किंङले ६ प्रतियोगिताहरु जित्ने छ ।’


स्थापनाको छोटो अवधिमै राप्ती किंङ भलिवल प्रशिक्षण केन्द्रले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा चर्चा बटुली सकेको छ । गत साउनमा तुलसीपुर – ६ बरुवा गाउँस्थित प्रशिक्षण केन्द्रको केन्द्रीय कार्यालयमा लुम्बिनी प्रदेशस्तरिय भलिवल प्रतियोगिताको छनोट भएको थियो ।


राप्ती किंङ प्रशिक्षण केन्द्र रुकुम, सल्यान, रोल्पा र दाङ तुलसीपुरका युवाहरुको ब्यक्तिगत लगानीमा संचालन हुँदै आएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *