काठमाडौं, फागुन १२ । नेपाल विद्यार्थी संघका दुई समूहबीच नेपाली कांग्रेसको कार्यालय सानेपामा इँटा हानाहान भएको छ । सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी समूहबीच आइतबार दिउँसो झडप भएको हो । नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने पक्षबीच झडप भएको हो ।
फागुन ९ गते नेविसंघ कार्यकर्तासँग उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशशरण महतको विवाद भएको थियो । नेविसंघभित्र अराजकता हावी भएको भन्दै अनुशासनको कारबाही गर्न माग गर्दै देउवा निकट नेविसंघले पार्टी कार्यालयमा मौन प्रदर्शन गरेको थियो।
उक्त झडपलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीको लाठी र इँटा प्रहारबाट निवर्तमान सहमहामन्त्री बद्री मुडबडी, दीपेन्द्र क्षेत्री,दिवाकर अर्यालसहित देउवा-सिटौला समूहका नेविसंघ कार्यकर्ता घाइते भएका छन्।