२०८१ असोज ३ गते बिहिवार

रुकुम पूर्वमा दाङलाई राजधानी बनाउन अभिमत

दाङ, फागुन १२ । प्रदेशसभा प्रदेश नं. ५ बिशेश समितिको आयोजनामा आयोजित प्रदेश नामाकरण र स्थायी राजधानी सम्बन्धि सुझाव संकलन एबम अन्तरक्रिया कार्यक्रम रुकुम कोट पुर्बी रुकुममा आइतवार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति पुर्बी रुकुमका प्रमुख गजेन्द्रबहादुर वलीको अध्यक्षतामा सुझाव संकलन कार्यक्रम भएको हो ।

जस्को अतिथिहरुमा संघीय सांसद कमला रोका,प्रदेश सांसद दिनेश पन्थी,वीरबहादुर राना,आशा स्वर्णकार पुर्बी रुकुमका प्रमुख जिल्ला अधिकारी रहेका थिए ।

कार्यक्रममा पुर्बीरुकुमका स्थानीय तहका सबै पधादिकारी जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख पत्रकार लगायत जिल्लाका सबै सरकारी कार्यलका कर्मचारीको सहभागिता जनाएका छन् । नामाकरण र स्थायी राजधानी तोक्न बनेको विशेष समितिको काम र कर्तव्यको बारेमा बिशेश समितिका सदस्य एबम प्रदेश सभाका सद्स्य पाल्पाबाट निर्बाचित वीरबहादुर रानाले त्यसको नेतृत्व गरेका थिए ।

कार्यक्रममा सहभागीहरुलाई विशेष समितिले प्रदेशको नामकरण र स्थायी राजधानिको बारेमा २ प्रति बस्तुगत प्रस्न दिएको थियो । १ घन्टा बराबरको समय पछि सहभागिले ती प्रस्नहरुमा आफ्नो बिचार सहितको जबाफ लेखेर बुझाएका छन् । कतिपयले प्रश्न जटिल भएको भन्दै असन्तुष्टि पोखेका थिए ।

पुर्बी रुकुमको मात्रै मत मान्ने हो भने प्रदेशको नाम लुम्बिनी र राजधामी दाङ हुनुपर्छ अधिकाँसले मत जाहेर गरेका छन् । जनताको राय सुनेपछि पाल्पाबाट निर्बाचित वीरबहादुर रानाल रुकुमेली जनाताको भाबना जस्ताको त्यस्तै आफुले बुझाउने प्रतिवद्धता जाहेर गर्दै त्यही अनुरुप राजधानी तोक्ने प्रतिवद्धता जाहेर गरेका थिए । त्यस्तै विशेष समितिका सदस्य एवं प्रदेश सभाका सदस्य दिनेश पन्थीले कसैको स्वार्थ र कुनै नेताको आफ्नो हितको लागि राजधानी नतोकिने बताएका थिए । सबैलाई पायक पर्ने ठाउँमा राजधानी तोक्नुपर्ने उनको कथन थियो ।

प्रदेश सभा सचिवालयका प्राबिधिक प्रमुख मनोजकुमार पाण्डेले कार्यक्रम वारे जानकारी गराएका थिए भने सहजीकरण सचिवालयका उपसचिप श्याम प्रसाद सर्माले गरेका थिए । सुझाव संकलन कार्यक्रम प्रदेश नं. ५ का १२ वटै जिल्लामा गरिने भएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *