२०८२ जेष्ठ ३० गते शुक्रवार

दाङ क्षेत्र नं. २ बाट महरा, शर्मा र आचार्यको नाम सिफारिस

तुलसीपुर , भदौ २६ । दाङको निर्वाचन क्षेत्र नं. २ मा नेकपा माओबादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महरा, पूर्व मन्त्री रेशा शर्मा खड्का र निर्मल आचार्यको नाम सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्र क्षेत्र नं. २ समन्वय समितिको आइतबारको बैठकले पार्टी पूर्व सभामुख महरासहित तीन जनाको नाम सिफारिस गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदका तीन जनाको नाम सिफारिस गरिएको जिल्ला इञ्चार्ज हेमराज शर्मा (डायमण्ड)ले जानकारी दिए ।

०७४ को निर्वाचनमा महरा यही क्षेत्रबाट निर्वाचित भएका थिए । जतिखेर निर्वाचन क्षेत्र नं. २ (क) मा नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री शंकर पोखरेल निर्वाचित भएका थिए ।

त्यतिखेर साझा बाम गठबन्धन बनेको थियो । एमालेले महासचिव पोखरेलेको नाम यसअघि नै एक्लै सिफारिस गरि सकेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *