
जनक नेपाली,
दाङ,फागुन १२ । पाण्डेवश्वर मन्दिर धारापानीको महायज्ञमा भक्तजनहरुको बाक्लो उपस्थित देखिन थालेको छ ।
पूर्वाधार र पर्यटकीय केन्द«का रुपमा विकास गर्ने उदेश्यका साथ शनिवार देखि यहाँ श्रीमद्भागवत सप्ताह तथा धनध्याञ्चल ज्ञान–महायज्ञ सुरु गरिएको छ । महायज्ञको संघीय संसदका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका हुन । महायज्ञको उद्घाटन गर्दै संघीय संसदका सभामुख कृष्णहादुर महराले दाङको धारपानीलाई सराकारले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने आश्वासन दिए ।
धारपानीको विकासको लािग थुप्रै गृहकार्य भएको भन्दै नेपालको पर्यकीय गन्तव्यका रुपमा धारपानी पनिपर्ने उनले विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि महराले त्यसबारेमा आफुले पर्यटन मन्त्रीसंग कुरा गरिसकेको बताए । धारपानीको विकास तीव्र गतिमा भएको प्रति खुसी व्यक्त गरेका उनले थप विकास केन्द्रिय राज्य संग जोड्न जरुरी रहेको उनले बताए ।
देश समृद्धिको यात्रा अघि बढेको वताउँदै प्रमुख अतिथी महराले त्यसका लागि मुगु जिल्लाको राराताल , दाङ र लुम्विनीलाई जोड्नु अहिलेको मुख्य आबश्यकता रहेको धारणा राखे । उक्त कार्यक्रमलाई सम्वोधन गर्दै मुख्य कथावाचक पण्डित दिन बन्धु पोखरलेले धार्मिक अनुष्ठानबाट समाजमा व्याप्त जातिय,बर्गीय भाषिक बिकृति हटाउँन सहज हुने धारणा राखे ।
अनुष्ठान मार्फक नयाँ पुस्तामा आध्यामिकता जगाउँन खोजेको बताएका उनले त्यसले समाजमा समृद्धि ल्याउने बताए । ‘विश्वमै नेपाल एउटा आध्यामिक केन्द्र हो,’ पोखरेलले भने ‘विश्वकै अग्लो त्रिशुल स्थापना भएको मन्दिरमा महायज्ञ लगाउन पाउँदा मन प्रफुल्लित भएको छ।’
पाण्डेबश्वर धाम महायज्ञ मुल आयोजक समितिका संयोजक गणेश कुमार अधिकारीको अध्यक्षता उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा संघीय संसद सदस्य तथा नेकपाका सचेतक शान्ता चौधरी र ५ नं.प्रदेश सभासदस्य अम्मरबहादुर डाँगीले धारपानी मन्दिर र यसको पर्यटकीय महत्वको बारेमा मनतब्य राखेका थिए । महायज्ञको पूर्व सन्धायामा घोराहीदेखि धारपानी सम्म शोभा यात्रा निकालिएको थियो । घोराही स्थित कर्मचारी मिलन केन्द्रबाट सुरु गरिएको शोभायात्रा तुलसीपुर चोक,दामोदर चोक,बैङ्क रोड,नयाँ बजार, गणेश मन्दिर चोक, निमाहल चोक हुदै धधारपानीमा पुगेर समापन गरिएको थियो । शोभायात्रामा दश हजारको सहभागिता रहेको थियो ।
समितिका सचिव विष्णुराम आचार्यको स्वागत मतव्यबाट सुरु भएको कार्यmमको सहजीकरण पत्रकार लिला शाह र प्राध्यापक निशान्त आचार्यले गरेका थिए । पाण्डवेश्र महादेव धामको पूर्वाधार विकास तथा दाङको वृहत पर्या–पर्यटकीय केन्द्र स्थापनाका लागि शनिबारदेखि फागुन १८ गतेसम्म श्रीमद्भागवत सप्ताह एवं धनधान्याञ्चल ज्ञान महायज्ञको आयोजना गरिएको छ ।