तुलसीपुर, भदौ २१ । नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङको ९औं जिल्ला सम्मेलन सोमबार घोराहीमा भयो ।
सम्मेलनले पुन ः जिल्ला सेक्रेटरी (सचिव) पदमा मा प्रदीप वलीलाई जिम्मेवारी तोकेको छ । वलीकै नेतृत्वमा ५५ सदस्य नयाँ जिल्ला समिति गठन गरिएको छ ।
वली नेतृत्वको कार्यसमिति सदस्यहरुमा सेबेन्द्र, धर्ती, शिव, रेखा, कमला, निर्मल, किसन, अशोका, पञ्चाराम, मोति, बिष्णु, चुलुवा, छोटिलाल, उज्ज्वल, सुर्य, रामप्रसाद, राजु, सुधिर, प्रतिरोध, तिलक, पुर्ण, अदिप, मालती, दिपेन्द्र, रेमन्त, पदम, मुक्ती, अरुणा, सपनशिला, मनिशा, दानबहादुर, महान, भिम, बल बहादुर, जनक, सुरज, यज्ञ, रणबहादुर, विनकलाल, बिजय, प्रेम, विकाश, बिजय, जिबनी, सुदर्शन, अम्मर सिंह, रुद्र, भरत, खड्क बहादुर, हरी,रमिता, सुधार र रेशम निर्वाचित भएका छन् ।
साथै सम्मेलनले १८ सदस्य जिल्ला सल्लाहकार समितिपनि गठन गरेको छ । सल्लाहाकार सदस्यहरुमा शुरेस, मेघराज, मधुसूदन, भिम, मंगल, धनराज, पुष्प, मानबहादुर, दिल बहादुर, दोबाराम, सौनी, उज्ज्वल, नवराज, वंशिधर, खिम बहादुर, कमला, खिमा र रमा रहेका छन ।
दुईदिनसम्म घोराहीमा चलेको सम्मेलनमा प्यानल प्रस्ताव नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलले गरेका थिए भने नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना पार्टीका बिशेष कमिटी सदस्य विक्रमले व्यक्त गरे ।