तुलसीपुर ,भदौ १८ । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नम्बर ३ (क)दाङले प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ १९ जनाको नाम सिफारिस गरेको छ ।
काँग्रेस प्रदेशसभा क्षेत्र कार्यसमितिले प्रतिनिधिसभा क्षेत्र नम्बर ३ (क) का लागि संभावित नामहरु सिफारिस गरिएको प्रदेश क्षेत्र नं. ३ (क) का सभापति देवेन्द्र रिजालले फरककोणलाई बताए ।
जस्मा प्रत्यक्षतर्फ प्रदेश ग्रामिण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशका समानुपातिक सांसद शंकर गिरी, ३ (क)का सभापति देवेन्द्र रिजाल, पूर्व क्षेत्रीय सभापति टोपबहादुर केसी, पूर्व तुलसीपुर नगरसभापति किरण शाह, महाधिबेशन प्रतिनिधि डा. नहकुल केसी, महाधिबेशन प्रतिनिधि तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य युवराज खड्का र नेता एकराज आचार्य रहेका छन ।
यो निर्वाचन क्षेत्रबाट समानुपातिकमा पुरुषतर्फ दलित संघका लुम्बिनी प्रदेश अध्यक्ष जोगेन्द्र विश्वकर्मा, नेता कृष्णकुमार गिरी, नेविसंघका नेता ऋषिराज लहरे (अरुण), नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रदिप खड्का, काँग्रेसका पूर्व जिल्ला सचिव टेकबहादुर वली, नेता चेतबहादुर सेर्पाइली, नेता सुरेन्द्रबहादुर खड्का, सामुदायिक रेडियो प्रशारक संघ अको¥याबका अध्यक्ष अर्जुन गिरी, नेता मदनराज धिताल, नेता लिलाधर लम्साल, नेता देवीप्रसाद हलवाई र नेता दलबहादुर विकको नाम सिफारिस गरिएको छ ।
त्यस्तै महिलातर्फ समानुपातिकमा नेतृहरु शुष्मा गिरी, देवा डाँगी, चित्रा गिरी, कविता शर्मा, केवलापति चौधरी, यमुना कँडेल शाह र अर्चना रेग्मीको नाम सिफारिस गरिएको निर्वाचन क्षेत्र नं. ३ (क) का सभापति देबेन्द्र रिजालले जानकारी दिए ।