२०८२ असार ९ गते मङ्गलवार

अझै मासिक ६१ करोड घाटामा छौँ ः आयल निगम

काठमाण्डौ,भदौ १७ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन ९आईओसी० बाट खरिद मूल्य बढेर आएको भन्दै गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको बैठकले हिजो डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।

मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ थियो ।

पेट्रोल, हवाइ इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

पेट्रोल अहिले लिटरको १८१ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ १९० रुपैयाँ, हवाइ इन्धन बाह्यतर्फको एक दशमलव ६४ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ८ सय रुपैयाँ छ ।

निगमका अनुसार एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३ सय ७८ रुपैयाँ सात पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । निगमलाई पेट्रोलमा दुई रुपैयाँ ८२ पैसा नाफा छ ।

मूल्य समायोजनपछि पनि एक महिनामा ६१ करोड रुपैयाँ घाटा हुने निगमको प्रक्षेपण छ । पेट्रोलियम पदार्थ खरिद बापतको रकम समयमा नै भुक्तानी गर्न नसक्दा बक्यौता रकम बढ्दै छ ।

लामो समयदेखि पेट्रोलियम पदार्थमा भइरहेको नोक्सानीका कारण दैनिक बिक्रीबाट सङ्कलन हुने रकम आईओसीलाई भुक्तानी गर्दा पनि अस्ति बुधबारसम्म झण्डै २१ अर्ब तिर्न बाँकी रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

आईओसीको बक्यौता रकम भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्नुपर्ने विषय निगमको लागि चुनौतिपूर्ण रहेको उनको भनाइ छ ।

सञ्चित वचत सकिएपछि पेट्रोलियम पदार्थ खरिद गर्ने पैसा नहुँदा सरकारले गएको असार अन्तिममा निगमलाई सात अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको थियो ।

पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले राष्ट्रिय वाणिज्य बैंकबाट समेत तीन अर्ब रुपैयाँ ऋण लिएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *