तुलसीपुर, भदौ १३ । चारलेन सडकको समाचार नलेखौं भनेर केहि दिन वीट मारेको थिएं । पेटि ठेकेदार फेरीएपछि चारलेन सडक अव बन्छकि भन्ने आशा पनि थियो, तर भदौ सुरुको भरीले फेरी डायरी झिक्न बाध्य बनायो । शिर्षकमा लेखें, कालाखोला उकालोमा दुर्घटनाको निम्तो ….।
आइतवारको झरीमा विजौरीबाट तुलसीपुर जाने क्रममा कालाखोला भेण्टेड बृज क्रश गरेर उकालो लाग्दै गर्दा पत्रकार राकेशले चलाएको मोटरसाइकल अपर्झट रोकियो । सडक उकालोमा जिंग्र्रिङ वाहिर निस्केका फलामे छडमा टायर ठोकिएको थियो । मोटो टायर भएकाले धन्न प्वाल परेको रहेनछ ।
वाइक स्टार्ट गरी केहि पर पुग्दा सडकको खाडलमा सिम जागेको थियो । सधै त्यहां सिम जाग्थ्यो, सायद ढिलो भरी परेकाले यो शाल भदौ आधाआधिमा मात्रै सिम जाग्न थालेका छन् ।
‘अति गारो भो दाइ, यो सडकमा गाडि चलाउन, चारलेनले निकै सास्ती दियो, खोइ चारलेन चलाउने सरकार’, रोकिएको वाइक स्टार्ट गर्न नपाउंदै गोरखा मावि तुलसीपुरका शिक्षक एकराज भण्डारीले बोलिरहेका रहेछन् । पछि फर्केपछि देख्यौं ।
आइतवारको झरीमा एक तमासले सवारीसाधनहरु कालाखोला उकालोमा ठसठस गर्दै पार गरीरहेका थिए । कति धरापमा छ कालाखोला । त्यहि कारण यातायात व्यवसायीहरुको अघिल्लो साताको भेलाले चारलेन सडक स्तरोन्नतीको माग गर्दै गाडि ग्यारेजमा थन्क्याउने चेतावनी दिएका थिए ।
सोहि खण्डको बीस मिटर उकालोमा हामी फेरी रोकियौं । किनकि अघिल्तीर एउटा यात्रुवाहक बस तेल सकिएर बीचमै रोकिएको थियो, ओट हालेर । एक जना यात्रुले भनिरहेका थिए, चारलेनमा सरकारको उपस्थीति देखिएन । उनी बोल्न नभ्याउंदै रोकिएको गाडिका स्टाफले भनेका थिए, किन छैन सरकार, हामीलाइ जतिसुकै धरापको सडकमा पनि कर त बढाएको बढायै छ नी ।
सरकार छ र सरकार छैन भन्नेमा विवाद नगरौं, तपाइ पत्रकारहरुले यो सडकको दुरावस्थाका विषयमा किन लेखिरहनुभएको छैन? अर्का एक यात्रुको निर्देश थियो, पत्रकारहरुलाइ । सायद ती यात्रु पत्रिका पढ्ने लायकका थिएनन्, फेशबुक सम्म हेर्दारहेछन् ।
कहां छन्? चारलेन परीयोजनाका सडक मर्मतकर्ता, जसले भत्केका किनाराहरु दिनदिनै वेल्चामा माटो ल्याएर पुरीदिन्थे । यसैले पनि सडकलाइ सहज बनाएको हुन्थ्यो । ती पहेलो ज्याकेटमा देखिने सडक ज्यामीहरु देखिन छाडेको दुइ बर्ष नाघिसक्यो । यो सडकलाइ चारलेन परीयोजनामा गाभिएपछि ती सडक ज्यामीलाइ पनि सडक विभागले चारलेनमै जिम्मा लगाएको रहेछ । तर चारलेनले ती ज्यामीहरुलाइ अझै ग्रहण गरेको छैन । त्यहि भएर अहिले सडकको सवैभन्दा ठुलो जोखिम भनेको दुवै किनारा च्यातिदै बीच सम्म आउन थालेका छन् ।
कालाखोला उकालो भन्दा खतरनाक अव फाटेका सडक किनारा रहेका छन् । जसले सवैभन्दा बढि दुर्घटनाको निम्तो दिइरहेका छन् । पत्रेखोलाको उकालो त्यस्तै जोखिमपुर्ण छ, सेवारको वल्लो पल्लो खण्ड बर्षातभरी सवारी चलाइ नसक्नुको छ । मोटरसाइकल चालकहरुलाइ सवैभन्दा बढि सास्ती हिलो र धुलोको ।
खोइ? चारलेन परीयोजनाका डिइ अर्जन वम, खोइ स्थानिय सरकारका प्रमुख नरुलाल र टिकाराम, खोइ प्रमुख जिल्ला अधिकारी र डिभिजन सडकका डिइ? आम यात्रुहरुले सडकमा यीनै महान व्यक्तित्वहरुलाइ स्मरण गरीरहेका छन् । चारलेन सडकको पेटि ठेकेदारबाट अनुप पाण्डे वाहिरीए, को भित्रिए? आम जिल्लाबासीलाइ थाहा छैन । कसैले श्रेष्ठ कन्सट्रक्शनले काम धमाधम गरीरहेको छ भनेर उसको बचाउ गरीरहेका छन् । तर जति बचाउ गरेपनि कहां भएको छ काम । चलेका भन्दा रोकिएका निर्माण सामाग्रिहरु देखिन्छन् सडकमा ।
चारलेन कम्पनीको नाममा मज्गैमा एउटा निर्माण सामाग्रि राख्ने स्थान छ । त्यहां दर्जन जति टिप्पर, लोडर, डोजरहरु पार्किङ गरी राखिएका देखिन्छन् । पत्रेखोला पुलको दक्षिण तर्फ कालोपत्रेको माल बनाउन बनाइएको एउटा मेसिन सहितको संरचना देखिन्छ । तर काम भने कत्तिपनि सन्तोषजनक छैन ।
धरौटि जफत हुने अवस्थामा वल्ल यहां आएको श्रेष्ठ कन्सट्रक्शनले पन्ध्र महिनामा चारलेनको काम सक्ने लिखित प्रतिवद्धता चारलेन सडक परीयोजनाको कार्यालयमा बुझाएको थियो । सायद असार मसान्तमा काम गरेको अर्को किस्ता .पाएपछि फेरी कछुवा तालमा पुग्यो चारलेन भनेर आम जिल्लाबासीहरुले भन्न थालेका छन् ।
भारत सरकारको सहयोगमा भारतको मुम्वै स्थीत तथ्य इन्जिनियरीङ एण्ड इन्फाप्रोजेक्ट प्रालिले घोराहीको कुइरेपानी देखि तुलसीपुरको हात्तिखौाव सम्म कतै दुइलेन त कतै चार लेन सडक कालोपत्रे गर्ने गरी ठेक्कामा लिएको थियो । तर कम्पतीका आधिकारीक प्रतिनिधि प्रविण ब्रम्हदेव पाण्डे एक पटक मात्रै दाङमा आएर एक बर्षमा काम सक्ने प्रतिवद्धता भिंग्रेली होटल वाहिरको चौरमा जनाएका थिए, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पत्रकार, प्रहरी प्रमुख र केहि राजनितिक दलका प्रतिनिधिहरुसंग ।
त्यसको पनि समयसिमा पुरा हुन थालिसकेको छ । तर फेरी अर्को पटक प्रविण ब्रम्हदेव दाङ आएका छैनन् । तेत्तिस महिनामा निर्माणको काम सम्पन्न गरीसक्ने भनि ठेक्का संझौता भएको थियो । त्यो समय सकिइसकेको छ ।
अघिल्लो महिना एउटा अनलाइन संस्करणमा एउटा समाचार हेरेको थिएं, भारतले सडक निर्माणमा विश्व रेकर्ड ब्रेक गरेको । भारतले एक दिनमा २२ किमि सडक निर्माण गरेर यस अघि कतारले गरेको रेकर्डलाइ तोडेको थियो । तर त्यहि भारतको एउटा निर्माण कम्पनीले लिएको ठेक्कामा किन यति धेरै लापर्वाहि? कारवाहिको साटो म्यादथप गरेर पुरस्कार दिइरहेको छ परीयोजना कार्यालय ।
यहि कारण यहांका नागरीकहरु अहिले मौन छन्, किनकि उनीहरुलाइ चारलेन सडक एकादेशको कथा जस्तै लागीरहेको छ ।