तुलसीपुर,भदौ ७ । मावी दमारगाँउमा निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।
तुलसीपुर नगर जेसिज वर्ष २०२२ को जेसिज सप्ताह कार्यक्रम अन्तर्गत पाचौं दिन मंगलवार निशुल्क आँखा शिविर एक कार्यक्रमका बिच उक्त कार्यक्रम सम्पन्न भएको हो ।
तुलसीपुर नगर जेसिज वर्ष २०२२ का अध्यक्ष केशवराज केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न.३ का वडाध्यक्ष अध्यक्ष बिजय बिकको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा सरस्वती मावी दमारगाउँका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन खड्का,नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष तथा तुलसीपुर नगर जेसिजका निवर्तमान अध्यक्ष नेत्रलाल भट्टराई (नारायण) , पुर्व अध्यक्ष मोहन सुनार लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा तुलसीपुर नगर जेसिजका पुर्व अध्यक्षहरु, सल्लाहकारहरु , बोर्ड पदाधिकारी तथा जेसिज सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
निशुल्क आँखा शिविर कार्यक्रमका संयोजक मोतिराम भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मुल संयोजक चेतन कंडेलले जेसिज सप्ताह कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रमको सहजीकरण नगर जेसिज वर्ष २०२२ का महासचिव पूर्णविक्रम डाँगीले गरेका थिए भने जेसिज आस्था पाठ जनसम्पर्क अधिकारी माधवप्रसाद न्युपाने (समीर) ले गरेका थिए ।