२०८१ भाद्र २६ गते बुधवार

वास्तविक किसानसम्म अनुदान पुग्नुपर्ने


घोराही, ९ फागुन ।
दाङलाई कृषिमा आत्मनिर्भर बनाउन राज्यले कृषकका योजनालाई प्राथमिकता दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दाङले बिहीबार घोराहीमा आयोजना गरेको कार्यक्रमका सहभागीले कृषि तथा पशुपालन व्यवसायमार्फत समृद्धि हासिल गर्न सकिने भन्दै सरकार कृषकका समस्यामा गम्भिर बन्नुपर्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले कृषिलाई आधुनिकीकरण गरेर कृषि उत्पादन बढाउन सकिने बताए । परम्परागत कृषि तथा पशुपालन व्यवसायले गुजारा चल्ने तर मनग्य आम्दानी गर्न नसकिने भन्दै उनले कृषि तथा पशुपालन व्यवसायी आधुनिक व्यवसायमा जोडिनुपर्ने बताए ।

त्यस्तै अर्का प्रदेश सभा सदस्य सरस्वती गौतमले कृषि व्यवसाय अनुदानमुखीभन्दा पनि व्यवसायमुखी हुनुपर्ने बताए । उनले अनुदान खानकै लागि कृषिमा लाग्ने तर अनुदान प्राप्त गरेपछि व्यवसायबाट पलायन हुने अवस्था आएको भन्दै दुखेसो गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले कृषि तथा पशुपालनमार्फत नै समृद्धि हासिल गर्न सकिने भन्दै कृषकका समस्यामा राज्यको ध्यान पुग्नुपर्ने बताए ।

यसैगरी घोराही उपमहानगरका प्रमुुख नरुलाल चौधरीले कृषि तथा पशुपालनको माध्यमबाट असीमित आम्दानी गर्न सकिने बताए । कृषि तथा पशुपालन व्यवसायीलाई फराकिलो बनाउन सके धेरै युवालाई रोजगारीमा जोड्न सकिने दाबी गरे ।

भेटनरी अस्पताल तथा पशुविज्ञ केन्द्र दाङका प्रमुुख डा. वेदबहादुर केसीको अध्यक्षता तथा प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख डा. केसीले पशुपालन व्यवसायका सम्भावना र प्राप्त गर्न सकिने अनुुदानका बारेमा कृषकलाई जानकारी दिए । उनले राज्यले प्रदान गर्ने अनुदान वास्तविक किसानसम्म पुु¥याउने भन्दै कार्यपत्र प्रस्तुुत गरे । कार्यक्रममा पशु चिकित्सक डा. मनोज वलीले पशुपंक्षीमार्फत मानिसमा सर्नसक्ने रोगको बारेमा जानकारी दिएका थिए । कार्यक्रमको सहजीकरण पशु विकास अधिकृत निमबहादुर पुनले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *