२०८१ बैशाख २२ गते शनिवार

नयाँ पाइलाद्वारा डिएसपी अर्याललाइ सम्मान

तुलसीपुरमा लागुऔषध दुव्र्यसनी नियन्त्रण बढी चुनौतिपूर्ण : अर्याल
तुलसीपुर, साउन २४ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले तुलसीपुरमा लागुऔषध दुव्र्यसनी न्युनिकरण सबैभन्दा बढी चुनौति रुपमा रहेको बताएका छन ।

उनले अभिभावकको कम निगरानीका कारण बालबालिका लागु औषध दुव्र्यसनीमा फस्दै गएको बताए ।

बालबालिका र युवापुस्ता लागुऔषधको दुव्र्यसनीको कुलतमा फस्दै गएकाले परिवार, समाज र सरोकारवाला बढी सचेत बन्नुपर्ने बताए । ‘बालबालिकालाई लागुऔषध कुलतबाट बचाउन अभिभावक बढी सचेत हुनुपर्नेछ ।’ उनले भने-‘तर कतिपय अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेपनि अभिभावकले सामान्य लिइदिने प्रचलन पनि छ, यसरी झन् रोकथाममा चुनौति देखिन्छ ।’

उनले अपराधमुक्त समाजको निर्माणका लागि नागरिकको सहयोग आवश्यक रहेको बताए ।

नयाँ पाईला पुनःस्थापना केन्द्र बिजौरीले मंगलबार गरेको सम्मान एवं फेरि भेट हौला कार्यक्रममा डिएसपी अर्यालले तलसीपुरमा आफ्नो कार्यकालमा नागरिकबाट प्राप्त सुचनालाई जतिसक्दो छिटो सम्बोधन गरेको बताए ।

उनले प्रहरीले आर्थिक लाभ भन्दा सेवाभावले काम गरेपछिमात्रै नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्ने बताए ।

गतवर्षको असार १४ तुलसीपुरमा आएका डिएसपी अर्याल सरुवा भएर रुपन्देहीको भैरहवामा जान लागेका छ्न ।

मंगलबार डिएसपी अर्याललाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको केन्द्रले सम्मान गरेको हो ।

महिला मानव अधिकारकर्मी एवं नयाँ पाइला पुनस्थापना केन्द्रका सल्लाहकार सुष्मा लामिछाने गिरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वडा अध्यक्ष योगीले सरुवा भएर जान लाग्नुभएका डिएसपी अर्यालको कामको प्रशंसा गरे ।

उनले उद्योग, व्यवसाय संचालनमा प्रहरीको सहयोग अपरिहार्य रहेको भन्दै डिएसपी अर्यालको कार्यकालमा आम नागरिकले सुरक्षाको अनुभूति गर्न पाएको बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, महेन्द्र बहुमुखी क्याम्पस घोराहीका प्राध्यापक शोभाकान्त अधिकारी, वातावरण विज्ञ डिल्ली बहादुर रावत, बिजौरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मुकेश वली लगायतले प्रहरी र नागरिकको सहकार्यले मात्रै सुन्दर समाजको परिकल्पना गर्न सकिने बताए ।

मोटिभेस्नल टे्रनर डिल्ली बहादुर बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्यकर्मी यज्ञबहादुर केसीले गर्नुभएको केन्द्रका निर्देशक सुरेश भुषालले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *