२०८१ असोज ४ गते शुक्रवार

दाङलाई राजधानी तोक्न नागरिक समाजको माग

फाइल तस्बिर

दाङ,फागुन ७ । नागरिक समाज दाङले पाँच नम्बर प्रदेशको राजधानी दाङलाई तोक्न माग गरेको छ । पाँच नं. प्रदेश स्थापना भएको एक वर्ष पुग्दासमेत प्रदेशको नाम र राजधानी नतोकिएको हुँदा प्रदेशको नामाकरण तथा राजधानी छिटो तोक्न समाजले माग गरेको हो ।

समाजका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा मंगलवार घोराहीमा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै समाजकी सचिव लक्ष्मी आचार्यले बैठकले पाँच नम्बर प्रदेशको राजधानी दाङ तोक्न प्रदेश सभालाई ध्यानाकर्षण गराउने निर्णय गरेको जानकारी दिएकी छन् ।

समाजको बैठकले स्थान छनोेट सुझाव समितिले तय गरेको मापदण्ड अनुसार दाङ राजधानीका लागि उपयुक्त रहेको तथ्य नागरिक समाजका तर्फबाट मुख्यमन्त्री, प्रदेश सभामुख र छनोट समितिलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय समेत गरेको सचिव आचार्यद्धारा जारी बक्तव्यमा जानकारी दिइएको छ ।

त्यस्तै समाजको बैठकले देउखुरी उपत्यकालगायत दाङ जिल्लाको विभिन्न ठाउँमा अवैध रुपमा विना मापदण्ड गिट्टी, बालुवा, लगायत प्राकृतिक स्रोतको दोहन भइरहेकोले त्यस क्षेत्रको सिंचाई, बाँधलगायतका संरचनामा प्रतिकुल स्थिती उत्पन्न भएकोतर्फ नागरिक गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गैर कानुनी दोहन रोक्न र यससम्बन्धमा प्रदेश पाँचको मापदण्ड अनुसार निश्चित विधी प्रक्रिया पूरा गर्न÷गराउनतर्फ सम्बन्धित निकायलाई तत्काल कडा कदम चाल्न अनुरोध पनि गरिएको छ ।

त्यस्तै प्रजातन्त्र दिवसको सन्दर्दमा देशमा प्रजातन्त्र स्थापनाका बलिदानी गर्ने अज्ञात शहीदप्रति श्रद्धाञ्जली प्रकट गरेको आचार्यले जानकारी दिएकी छन् । प्रजातन्त्रको मूल्य मान्यतामा रही अगाडि बढ्न सबै राजनीतिक दल लगायत समाजिक शक्रिहरुलाई समाजले अपिल समेत गरेको छ

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *