२०८१ भाद्र २३ गते आइतवार

सल्यान कपुरकोटका सबै वडामा नेपाल राष्ट्रिय शिक्षक संगठनले कमिटी निर्माण गर्याे

सल्यान, ७ फागुन । नेपाल राष्ट्रिय शिक्षक सगठनले सल्यान कपुरकोटका ६ वटै वडामा कमिटी गठन गरेको छ । तत्कालिन नेकपा एमाले निकटको शिक्षक सगठनले दुई पार्टि एकता पछि शिक्षक सगठनको पनि एकिकरणका लागी आफ्नो सगठनमा आवद्ध शिक्षकहरुको पहिचान र सगठन निर्माण गरेको जनाएको छ । गत माघ २९ गतेदेखि सञ्चालन गरिएको अभियानमा कपुरकोट गाउँपालिकाका सबै वडामा कमीटी गठन गरिएको नेपाल राष्ट्रिय शिक्षक सगठन कपुरकोटका अध्यक्ष पदम बहादुर खड्काले जनाएका छन् ।

वडा नम्बर १ मा अम बहादुर विक अध्यक्ष रहेको १३ सदस्यीय कमिटी, वडा नम्बर २ मा ऋषिकेश पौडेल अध्यक्ष रहेको १० सदस्यीय कमिटी र वडा नम्बर ३ मा देवराज अधिकारि रहेको ७ सदस्यीय कमीटी गठन गरिएको सगठनका सचिव हुकुम ओलीले जनाएका छन् ।

यस्तै वडा नम्बर ४ मा हस्त बहादुर बुढा अध्यक्ष रहेको ५ सदस्यीय कमिटी, ५ नम्बर वडामा दयाराम बुढा अध्यक्ष रहेको ९ सदस्यीय कमिटी र ६ नम्बर वडामा दोर्ण बहादुर शाहु अध्यक्ष रहेको १० सदस्यीय नेपाल राष्ट्रिय शिक्षक सगठनको कमिटी निर्माण गरिएको ओलीले जनाए ।

निर्माण भएका कमिटीको नियमित बैठक बस्ने, सगठनलाइ क्रियाशिल बनाउने र शैक्षिक सुधार तथा शिक्षकहरुको हकहितमा काम गर्ने निर्णय भएको गाउापालिका स्तरिय कमिटीका कोषाध्यक्ष ओम बहादुर पुनले जनाएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *