२०८१ असोज ४ गते शुक्रवार

५ नं. प्रदेश अरु प्रदेश भन्दा एक कदम अगाडि छ – मुख्यमन्त्री पोखरेल

दाङ,फागुन ४ । ५ नं.प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले ५ नं. प्रदेश अरु प्रदेशहरु भन्दा एक कदम अगाडि रहेको दाबी गरेका छन् । प्रेस चौतारी र प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कानुन निर्माण पक्रियामा होस वा आवधिक योजना निर्माणमा होस वा बजेट कार्यान्वयनको सवालमा अरु प्रदेश भन्दा अगाडि रहेको उनले बताए । फागुन महिनादेखि बजेट कार्यान्वयको कुरालाई तीव्रता दिने उनले बताए ।

उनले प्रशासनिक संरचना समयमा नपाएको हुँदा काम गर्न समस्या भएको बताए । बनिबनाउन संरचना भएका प्रदेशहरु भन्दा ५ नं. प्रदेश छोटो समयमा अगाडि बढेको उनले दाबी गरे । उनले प्रदेश खोज्दा भेटिने गराएको जिकिर गरे । आगामी बर्षदेखि निकै व्यवस्थित र नमुना रुपमा अगाडि बढ्ने विश्वास पैदा भएको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टीका प्रदेश इन्चार्ज समेत रहेका मुख्यमन्त्री पोख्रेलले दुई पार्टी बिचको एकता भाँड्ने र सरकारको बदनाम गर्ने गरी केही शक्तिले चलखेल गरेको आरोप लगाए । उनले दुई पार्टी अध्यक्षका बीचमा कुनै विवाद नरहेको दाबी गरे ।

प्रतिक्रियावादी शक्तिहरु चौतर्फी रुपमा एकता भाँड्न सकिन्छ कि भन्दै लागेको दाबी गरे । उलने फागुन १५ सम्म एकता पक्रिया टुङ्गोमा पुग्ने दाबी गरे ।

विग मिडिया हाउसहरु निरन्तर त्यसमा लागेको उनले बताए । आफ्नो मनतव्यको धेरै जसो समय उनले मिडियाको आलोचनामा मै खर्चिएका थिए । मिडियाले गलत कुरा उछालेको, भएको काम पनि केही भएको छैन भन्दै गलत ढंगले व्याख्या गर्दै आएको भन्दै उनले असन्तुष्टि पोखे ।

कार्यक्रम प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागरको अध्यक्षतामा भएको हो ।

प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *